बाथरूममा लडेर अध्यक्ष प्रचण्ड घाइते
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् । शौचालयमा गएराति लडेर घाइते भएका हुन् । गएराति खुमलटारस्थित आफ्नै घरको सौचालयमा लडेर घाइते भएका उनको टाउकोमा चोट लागेको पारिवारिक स्रोतले जनाएको छ । मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ ।
प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार राति बाथरुममा लडेर टाउकोमा सामान्य चोट लागेको थियो । प्रचण्डले अस्पताल जानु नपर्ने बताए पनि परिवारले अरु चेकअपका लागि अस्पताल लगेको उनले बताए । “अध्यक्षज्यू नियमित काममा फर्किइसक्नुभएको छ,” उनले भने, “टाउकोमा सामान्य चोट लागेको छ ।”