रुपन्देहीमा विद्यार्थी बोकेको बसमा आगलागी

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा एक निजी विद्यालयका विद्यार्थी बोकेको बसमा आगलागी भएको छ।

लिटिल फ्लावर हायर सेकेन्डरी स्कुलको लु १ क १३२६ नम्बरको बस आज बिहान विद्यालयतर्फ आउँदै गर्दा अचानक आगो लागेको हो। आगलागीका कारण बस पूर्ण रूपमा क्षति भएको छ, तर मानवीय क्षति भने भएको छैन। स्थानीयका अनुसार, बस विद्यालयकै अगाडि पुगेपछि अचानक धुवाँ आउन थालेको थियो र केही क्षणमै आगो सल्किएको थियो। आगलागी हुँदा बसमा विद्यार्थी खचाखच थिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा समयमै उद्धार गरिएको थियो। “धुवाँ आउनासाथ आगो लागिहाल्यो, तर सबैको सहयोगमा विद्यार्थीहरूलाई सुरक्षित रूपमा निकाल्न सक्यौं,” स्थानीय मनोज भण्डारीले बताएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *