नेपालमा केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग भएको बताएका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा २०७८ असार १ गतेको बाढीले पुर्‍याएको क्षेत्रको स्थलगत अनुगमन गर्दै खड्काले नेपालमा केही पनि भएन भनेर नकारात्मक भाष्य फिँजाउन एउटा वर्ग नै लागेको उनले बताए । देश आफैँले बनाउने भन्दै सकारात्मक सोचका साथ काम गर्नुपर्ने उनको भनाई छ ।

उनले नेपालमा केही पनि भएन भनेर नेपालको अर्थतन्त्र बिगार्न लागिपरेका तत्त्वहरूप्रति सजग रहन आग्रह समेत गरे । उनले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्‍याएको क्षति नोक्सानीप्रति सरकार गम्भीर रहेको पनि बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *