अप्रेशन सिन्दुर अझै नसकिएको भारतीय रक्षामन्त्री सिंहको टिप्पणी

काठमाडौँ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले अप्रेशन सिन्दुर अझै नसकिएको टिप्पणी गरेका छन् ।

गुजरातको भुज एयरबेसमा सैनिकहरूलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले अप्रेशन सिन्दुर नसकिएको र यो ट्रेलर मात्र भएको बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

उनले भने- अपरेशन सिन्दूर अझै सकिएको छैन। जे भयो त्यो केवल ट्रेलर थियो। सही समय आएपछि, हामी संसारलाई सम्पूर्ण तस्वीर देखाउनेछौं । तपाईंहरूले अपरेशन सिन्दूरमा साँच्चै चमत्कारी काम गर्नुभएको छ। तपाईंले भारतलाई सम्पूर्ण विश्वमा गौरवान्वित पार्नुभएको छ ।

सिंहले यो भारतका लागि मात्र नभई सम्पूर्ण विश्व र पाकिस्तानका आम जनताका लागि पनि गम्भीर खतरा हुने बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *