भारत अर्को युद्धको तयारीमा हो ? भूराजनीतिक भ्रमका नाटकीय हलचलहरु–१
“पाकिस्तान र भारतको विचमा युद्ध हैन उनीहरुको सरकारको बीचमा युद्ध हो,जसलाई घृणा र डरबाट बढी फायदा हुन्छ ती नै सत्ताधारी अभिजात वर्गद्वारा रचिएको नाटक हो । उनीहरुका व्यापारिक समुदाय,फिल्म उधोग र धनीमानी एक आपसमा लडछन् । गरीवी, बेरोजगारी,असमानता,सरकारको असफलता,तथा अत्याचारहरुबाट आफ्ना जनताको ध्यान अन्यत्र मोडन–हटाउन भारत र पाकिस्तानका अभिजात वर्ग राष्ट्रवाद र कश्मिरको मुद्धालाई जीवित नै राख्न चाहन्छन्”(अरुञ्धति राय,लेखक, बुद्धिजिवि,सामाजिक सुधारक,भारत) । “अहिले धर्मले वैचारिक र भौतिक दुवै तहमा उपभोक्तावाद र पूँजीलाई सहयोग गर्ने भएकाले उपभोक्तावाद र पूँजी–प्रेमलाई फलाउने पूmलाउने वर्गहरुसँग धर्मको सम्बन्ध गहिरो हुन थालेको छ ”(जगदीश्वर चतुर्वेदी,२०२५ । धर्म लोकतन्त्र और भारत । अनामिका पव्लिकेशन्स एण्ड डिष्ट्रिव्यूसर्स प्रा.लि.,भारत । ११ फरवरी ई.सं.२०२५ प्रथम संस्करण) ।
महाभारतलाई धर्मयुद्ध भनिने गरिएको छ । नेपालमा भएको माओवादी सशस्त्र द्वन्दलाई माओवादीहरु जनयुद्ध भन्दछन् । युद्धले होस वा आतङ्कले होस मृत्यु बर्सिन थाल्छ । “उनी छतोँ से हमारी आगनमँे मौत बरसी,वही छतेँ जीनसे हम पतोङ्गे उडा चूँकें”(मेराज फैजाबादी,हिन्दुस्तान) । भारतमा ई.सं.२०२५ अप्रिल२२ मा जम्मू र कश्मीर,अनन्तनाग जिल्लामा पहलगाम नजिक बैसरन घाटीमा आतङ्कवादी हमला हुँदा जात र धर्म सोध्दै २६ पर्यटकहरुको मृत्यु भएको र २० भन्दा बढी घायल भएको थियो । आतङ्कवादीहरुले पर्यटकमाथी आक्रमण गरेर महिलालाई छाडेर पूरुष पर्यटकलाई कुन धर्मालम्बी भन्ने सोधेर मुशलमान हुँ भन्नेको शङ्का लागेमा मुशलमान हो हैन भन्ने जान्न गुप्ताङ्ग( मुशलमानको सानैमा गुप्ताङ्गमा सानो चिरफार हुन्छ) हेरेर गैर मुशलमानलाई स्वचालित हतियारले गोली हानेर २६ जनाभन्दा बढीको हत्या गर्दा नेपालका बुटवल निवासी सुदीप न्यौपाने पनि पर्नुभएको थियो ।
भारतले पाकिस्तान आतङ्कवादीबाट हमला भएको भन्दै पाकिस्तान अधिनस्थ कास्मिरका आतङ्कवादी ९ शिविर तथा पाकिस्तान अधिनस्थ जम्मु कस्मिर(पीओजेके) मा आतङ्कवादी सङ्गठन लस्कर–ए–तैवा,जैश–ए–मोहम्मद,हिजवुल मुझाहिदीन लक्षित सैनिक हमला ई.सं.२०२५ मे ०७ मा भारतीय समय १.०५–१.३० को बिचमा हवाई हमला गरेको थियो । यसरी गणतान्त्रिक भारत इस्लामिक गणतन्त्र पाकिस्तानको बिचमा फेरि युद्ध भएको थियो । कोही आउछन भनेर साँच्चैको आतङ्कले हतार गर्छ तर किन आरामले जात धर्म सोधी सोधी भित्रि पहिरन समेत खोल्न लाएर ‘कम्फर्ट टेररीज्म’ गरेको होला भन्ने जिज्ञाशा जसले राखेपनि,कशैले पुलवामालाई पोल(मतदान)गेम त पहलगामलाई जीओपोलिटिकल गेम भनेछन भनेपनि ती गेम जस–जसले गराएपनि वर्वर आतङ्क नै हुन । “मित्र बदल्न सकिन्छ तर छिमेकी बदल्न सकिन्न”(अटलविहारी बाजपेई,पूर्व प्रम,भारत मे २००३ मा संसद भवनमा बोल्दा) । २२ अप्रिलको घटना देखि नै दुवै तर्फका जनता,सोसल मेडीया,मूलधारका मेडीयामा एक प्रकारको युद्ध शुरु भैसकेको थियो । ७ मे देखि त बम,बन्दुक,क्षेप्यास्त्र,ड्रोन,हवाई जहाज सवैतिरबाट साँच्चै युद्ध शुरु भयो । त्यसपछि १० मे मा दुवै तर्फबाट युद्ध विराम भएको थियो । युद्ध विराम तथा अमेरिकाका महामहिम राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले दुवै पक्षलाई फोन गरेर युद्ध विराम गराएको भनेर सामाजिक सञ्जालमा कुराहरु साझा गर्नु भएपछि यो विषय निकै विवाद तथा बहसको मुद्धा बन्यो । बहश,अन्र्तवार्ता,लेखमा यो भूराजनीतिक द्वन्दको विषयमा आ–आफ्ना विचार अनुमान,ठहर गरियो । त्यस बारे विभिन्न भारतीय पाकिस्तान,चिन लगायतका सोसल मेडीयामा चर्चा छाएको थियो ।
जस्तैः–
(क) अमेरिकी पहलकदमः–“थकना भी लाजमी था कुछ काम करते करते । कुछ और थक गया हूँ आराम करते करते ।।”(जफर इकबाल,साहित्य लेखक,पाकिस्तान) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले युद्ध विराम गराएको नत्र धेरै नरसंहार हुने थियो भनेर सामाजिक सञ्जालमा विचार साझा गर्नु भएको थियो । भारतीय दैनिक भास्करले ११–१२ मे मा समाचार प्रकाशित गरेको थियो । जसमा भनिएको थियो– राष्ट्रपति ट्रम्पको छोरा ट्रम्प जूनियरले भारत–पाकिस्तानक बीचमा भएको यसद्ध विरामको क्रेडिट पितालाई दिए । उहाँले भन्नु भयो कि स्मार्ट मानिस कुराकानीको लागि टेबलमा बसेका छन् र अमेरिकाको कारण नै दुनिया एउटा सुरक्षित स्थान भएको छ । पाकिस्तान प्रम शहबाज शरीपले पनि १० मे मा टेलिभिजन भाषणमा युद्ध विरामको ट्रम्पको प्रसंशा गर्नु हुँदै भारत विरुद्ध पाकिस्तानी सेनाको अपरेशन ‘बनयान–उन–मर्सूस’ सफल भएकोमा खुशीयालीमा देशभरी ‘यौम–ए–तशक्कुर’ मनाउने घोषणा गर्नुभयो । स्वीजरलैण्डमा अमेरिका र चिनबीच भंसार महशुल वार्ता जारी रहेको वेला युद्ध विराम भयो ।

“अमरीका ने आज जिस तरह दोनोँ देशोँ की बाँह पकडकर उन्हेँ टेबिल पर बैठने के लिए तैयार किया है,यह सम्भावना चीन के पास कुछ अधिक थी,लेकिन वह इस मौके को गँवा बैठा,या फिर भारत के साथ सीधे टकराव की वजह से चीन मध्यस्थ बन नहीँ सकता था । भारत और पाकिस्तान के अङ्गने मेँ वैसे तो ट्रम्प का कोई काम नहीँ था,लेकिन जङ्ग रोकने मेँ जो काम आ सके,हम सरहद की बेगानी शादी मेँ उस दीवाने अब्दुल्ला का स्वागत करते हैँ ”(सुनील कुमार,दैनिक छतीसगढमा कार्यरत । जङ्ग की बेगानी शादी रोकने दीवाने ट्रम्प का भी स्वागत है । सोसल मेडीया । मे ११ई.सं.२०२५) ।
(ख) पाकिस्तानमा हलचलः–
(ख १) चुनाव लड्न र युद्ध लडन फरक छ । भारतको नीति,सोचाई,विचार, विचारमा परिवर्तन भएर ‘ इजरायली डक्ट्रिन’ जस्तै नमारी नछोड्ने जस्तो भयो । घरमा पसेर मार्नेहरु कहाँ गए?तेश्रो विश्वयुद्ध घोषणा भएको हो त ? सिन्दुर शव्दको अपमान गरेर जनतामा मनोवैज्ञाजिनक तथा भावनात्मक ब्लैकमेल मोदीले गर्नु भयो । ‘मोदी जी फ्याक्दा फ्याक्दा थाक्नु हुन्न,हामी समात्दा समात्दै थाकि सक्यौँ’–पासा मोदी जी फालिरहनु हुन्छ । २२ अप्रिद देखिमात्र हैन प्राय सधैँ नै पाकिस्तानले अपमान,दोष,घृणमात्र बेहोर्नु परेको थियो । प्रम शहबाजले पाकिस्तानी सेनाको अपरेशन ‘बनयान–उन–मर्सूस’ सफल भएकोमा खुशीयालीमा देशभरी ‘यौम–ए–तशक्कुर’(आभार,धन्यवाद,सफलता,इश्वरप्रति कृतज्ञता) मनाउने घोषणा गर्दै केही घण्टामा नै भारतलाई पाकिस्तानले घुँडा टेकाएको कुरा संसारले इतिहासमा सम्झना राख्ने छ समेत भन्नु भको थियो । पाकिस्तानले आइएमएफले पहिले नै टोकियोमा दिने भनेको तर भारतले रोक्न खोजेको ऋण पनि युद्ध विराम कै सन्दर्भमा पायो ।
दैनिक भास्कर(ऐऐ) ले लेखेको थियो– “भारतले पहिले आक्रमण गरेकाले रगतको अन्तिम थोपा बगुन्जेलसम्म लडि रहन्छौँ”(शहबाज शरीफ,प्रम,पाकिस्तान) । युद्ध विरामको अर्को दिन पाकिस्तानी सेनाले पाकिस्तान एयरफोर्स (पीएएफ) का डायरेक्टर जनरल पब्लिक रिलेन्ंस एयर वाइस मार्शल औरङ्गजेब अहमद र नेवीका डिप्टी चीफ अफ अपरेशन्स वाइस एडमिरल राजा रब नवाज समेतको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै सेनाका प्रवक्ता अहमद शरीफ चौधरीले पाकिस्तानले कहिलेपनि युद्धविरामको माँग नगरेको बरु भारतले गरेको,हामीले त जवसम्म कुनै कुरा हुँदैन तवसम्म हामी जवाफमा हमला नगर्ने भनेका थियौँ । बरु उनीहरुले हवाई सिमा उल्लङ्घन गरे,सर्व साधारणलाई हानी पु¥याउन खोजे । भारत पाकिस्तानमा आतङ्गबाद फैलाउन प्रत्यक्ष संल्गन छ । पाकिस्तानको पश्चिमी क्षेत्र (बलूचिस्तान) मा यो युद्धमा भारतबाट प्रायोजित आतङ्कबादसँग पनि पाकिस्तानीहरुले सामना गर्नु परेको थियो । भारतले सर्वसाधारणा र पूर्वाधारलाई लक्ष्य गरेर हमला गरेको थियो । पाकिस्तानी सेनाले भारतले ब्रह्मोस फैसिलिटीबाट गरेको हमलाको मुकाविला गरेको थियो । व्यापक र प्रभावशाली साइबर आक्रमण समेत जारी राख्दै सूरतगढ,सिरसा,आदमपुर,भुज,नलिया,भठिण्डा,बरनाला,हरवाडा,अवन्तीपुरा,
जम्मू,श्रीनगर,मामून,अम्बाला,उदमपुर र पठानपुर सहित २६ भारतीय विमानस्थल,विमान दलको अखाडा तथा सैनिक अखडामा जवाफि हमला गरेको थियो । दुई आणविक शक्तिको बीचको सङ्घर्ष १.६ अरवभन्दा बढी मानिसको लागि खतरनाक हुने एउटा मुर्खता हुने थियो । हाम्रो धर्म र संस्कृतिले अनुमति नदिने भएकाले हामीले सर्वसाधारणलाई लक्षित गरेर हमला गरेका थिएनौँ । हाम्रा ड्रोनहरु दिल्लीसम्म पुगेका थिए । हामीले पहिलो जवाफि कारवाही भारतीय वायुसेना राफेल विमानलाई खसाएर गरेका थियौँ । १० मे मा हाम्रो जवाफि कारवाही पुरा भएपछि अन्तरराष्ट्रीय मध्यस्थकर्ताहरुले गरेको पछि भारतले राखेको माँगको जवाफ दिएका थिर्यौँ । भारत र पाकिस्तान बीच युद्धको कारण नै हुनन । तर कशैले युद्धको वातावरण बनाएमा आपसमा विध्वशंको स्थिति कायम रहन्छ । शान्तिको लागि कश्मिर विवाद हल हुनुपर्छ ।
(ख २) सोसल मेडीया,यूट्यूब,पत्रपत्रिका,बहश,अन्र्तक्रिया सवैतिर भ्रमका हलचलका तरङ्गहरु फैलिएका थिए । जस्तै–झुठो बोलेर भारतले अलमल्याउन सक्छ र ? भारतले अव मुम्बैमा चलचित्र बनाएर पाकिस्तानलाई जितेको देखाउने छ । भारतीय सञ्चार कर्मि अर्णव गोश्वामी,पूर्व मेजर जनरल जेडी बक्शी,पूर्व मेजर गौरव आर्याको चरित्र नक्कल गरेर सोसल मेडीया भरिएका थिए । खतरनाक ब्रम्होसलाई बाटो अलमलाईएकोमा यदी त्यो इरानमा वा यात्री चढेको हवाई जहाजमा खसेको भए के हुन्थ्यो ? हिन्द पाकिस्तान बसेर कुरा गरौँ न त । भारतीयले पहिलो पटक पाकिस्तानको प्रसंशा गरेको । ई.सं.१९६५ मा जति समय लडेका थियौँ अहिले ४ घण्टामा त्यति बराबर लडेको जस्तो भयो । हामी जहाँपनि बम खसाल्न सक्छौँ भन्ने मोदीजीलाई ज्ञान–औजार,साधन सयन्त्र–आधुनिक प्रविधिसँग तादम्यता कायम गर्न क्षमता रहेनछ । हामीलाई पाकिस्तान स्वतन्त्र,सार्वभौम चाहिन्छ र अब आउने दिन पनि पाकिस्तान प्यारो लागिरहन्छ । हामीसँग भारतको जति तोप,टैङ्क,लडाकु विमान,क्षेप्यास्त्र,सैनिक छैनन् । हामीले त ३ दिन धर्य नै गरेका हौँ । मिलिटरी हार्डवेयर–सफ्टवेयर प्रयोग गर्दै १५० पटक साइवर आक्रमण गरेका थियौँ । पाक–चिन सहयोग आदान प्रदान भयो । राजनीतिक–भूराजनीतिक–सैनिक–वैदेशिक नीति बाट हेर्दा अमेरिका र चीनले राम्रो भूमिका खेले । ई.सं. १०३० मा पनि पाकिस्तान अलग्गै देश हुने कुरा कतै चर्चामा थिएन । चुनावमा मुस्लिम लिगको पराजय पछि मुस्लिममाथी अत्याचार भयो । त्यसपछि मुशलमानलाई अलग देश चाहिन्छ कि भन्ने विचार प्रकट भए । एक चिन नीतिको विरोध गर्दै अमेरिकी सहयोगमा मोदीजीले चीनलाई टाढा बनाउनु भयो । मोदीजीसँग राष्ट्रवाद हैन सिर्फ हिन्दुत्वमात्र छ । एशिया प्रशान्तलाई हिन्द प्रशान्त बनाईदिनु भयो । दोश्रो विश्वयुद्धपछि चिन रुषले आफ्नै बलबुतामा विकाश गरे । पश्चिमि प्रजातन्त्रमात्र राजनीति हैन । काँग्रेस,भाजपा सवैको पाकिस्तानप्रति एउटै विचार छ । भारतीयको एकदम ‘एक्सट्रीम्स्ट माईण्डसेट’ छ । खालिस्तान वादीको भन्दा पाकिस्तानको विरोध गर्दा आनन्द लाग्छ । रेटिएसन पत्र पनि नककली बनाएका थिए,भारतीय सञ्चारले । भारत इजरायलको मित्रता मोदीजीको पालामा मजवुत भयो । मोदी इजरायल भ्रमण गर्ने पहिलो भारतीय प्रम हुनुभयो । अव दुवै फेरि हतियार र प्रविधिको गठजोड गर्दैछन् । अमेरिका देखेपनि नदेखेको जस्तो गर्न सक्छ वा सहमति दिन्छ वा खवरदारी गर्न सक्छ तर पनि मोदी जी र इजरायल दुबै मिलेर पाकिस्तान विरोधमा युद्धको तयारी गर्दैछन् । मोदीजीलाई रिटारिएट,रिअसिस गर्न १०–१२ दिन लाग्ने भएकाले त्यसपछि फेरि युद्धमा आउनु हुन्छ र पाकिस्तानलाई ध्वस्त बनाउने प्रयत्न गर्नुहुन्छ । वासिङ्गटन र तेल अविवमिलेर भारतलाई सैनिक मजबुत बनाउँदैछन्,अमेरिका र भारत रणनीतिक साझेदार हुन । पाकिस्तानलाई युद्धमा हराउन लागि परेका छन्,युद्ध फेरि हुन्छ (जफर हिलाले । सुनो न्यूज,पाकिस्तान । १३ मे) । मोदीजीले भारतमा आतङ्की हमला भएमा त्यो युद्ध सरह हुने चेतावनी किन दिनु हुन्थयो र ? मोदीजीकोे चिनसँग कस्तो सम्बन्ध छ ? मोदीजीलाई चीनसँग राम्रो सम्बन्ध राख्न विदेशी बुद्धिजिविले सुझाव दिए कै छन क्यारे–उहाँको आफ्नो मुडमा भरपर्छ । जे जे भएपनि उहाँ अहिले सङ्कटमा नै हुनुहुन्छ र बचाउने बन्दोवस्त गरिदैछ । दुवै देशका जनताहरु आपसमा मिलेर बस्न चाहन्छन् तर नेताहरुको कारण घृणा,द्वेष, सिर्जना भएको हो,नेताहरु ठीक छैनन् । ‘कश्मिरलाई अन्तराष्ट्रिय–बहुपक्षीय मुद्धा बनाइया,ट्रम्पले आउट अफ दी ह्याट गरिदिनु भयो । दुनियाको नजरमा पाकिस्तानले जित्यो भन्ने छ,पाकिस्तानले त भनेको थियो की हामीले हमला गरेमा भारतीय मेडीयालाई अव हमला गर्दैछौँ भनेर भनि रहनु पर्दैन । भारतमा मोदीजीले आफ्नो ख्यातीमा ह«ाष गर्नुभयो । भारतीय मेडीयाहरु आफ्नो प्रतिरक्षामा लागेका छन्,अरु मेडीयामा प्रतिवन्ध लाग्ने छ । पहलगाम घटनामा लागेको आरोपको खै प्रमाण ? अहिलेसम्म किन प्रमाणित गर्न नसकेको ? मार्च ई.सं.२००० मा बिल क्लिन्टन(पूर्व अटल विहारी वाजपेयीको साशनकालमा) भारत भ्रमणमा रहदा पनि घटेको घटनाको आरोप खै प्रमाणित गरेको ? उडी बालाकोट,सिंहपुराको पनि त्यस्तै अप्रमाणित अवस्था हो । मदरसा आतङ्कबादी अखाडा हैन,अखाडा भनेको घर पनि हैन,न हतियार हुन्छ ,न बम बारुद । जव भारतले नुर खान विमानस्थलमा आक्रमण गरेको थियो त्यो न्यूक्लियर भण्डार नजिक थियो र त्यो अलिकति चूक भएको भए के हुन्थ्यो । सिग्नलिङ्ग भएपछि न्यूक्लियर कमाण्ड एण्ड कन्ट्रोलको बैठक बस्यो राती नै,त्यसपछि त्यही वेला यो कुरा अमेरिकाले थाहापाएर फोन बार्ता भयो । भारतलाई आफु ठूलो छु भन्ने घमण्ड छ । टर्कीले सहयोग गरेको हो तर इरान,टर्की,साउदीले प्रभावकारी भूमिका नखेलेपछि अमेरिकाले थाहापाएर आणविक युद्ध पो हुने हो की भन्ने आशङ्काले युद्धविरामको अनुरोध गरेको थियो । भारतले यो युद्ध विराम गरेको हैन,फेरि रिल घुमाउने गरी पाउस मात्र गरेको हो, फल्स फ्ल्याग अपरेशन गरेर त्यही निहुमा युद्ध फेरि गर्छ भारतले । (नजाम सेठी,वरिष्ठ पत्रकार । समा टीभी,पाकिस्तान । मे ११,१६ई.सं.२०२५) । “बलोच नेता मिर यारले बलुस्चितान पाकिस्तानको क्षेत्र नभएको,ई.सं.१९४७ मा बेलायतले छोडेर गएकोले स्वतन्त्र घोषण गरिएको,भारतीय देशभक्त मेडीया लगायत सबैले बलुस्चितानलाई पाकिस्तानको हैन भनिदिनु पर्ने, पाकिस्तानका आफ्ना मान्छे पञ्जावि हुन बलोच नभएकाले बलोचलाई आक्रमण गर्ने तर पञ्जाविलाई केही नगर्ने, पहलगाममा भएको आतङ्की हमला बलुस्चितानका जनतामाथि भएको ठानेर यो भारत पाकिस्तान युद्धमा भारतको समर्थन गरिएको छ भनेर मे १४ मा बताउनु भएको थियो”(टायम्स अफ इण्डिया–टीओआई न्यूज डेस्क । वी आर नट पाकिस्तानी स् बलेच लिडर डिक्लेयर्सं इण्डिपेडेन्स,हैज दिस रिक्वेस्ट फ्रम इडियन्स । १४ मे २०२५) । (ग) चीनमा हलचलः– “सिएनएनका निक रवर्टसनले स्पष्ट कुरा गरिसक्नु भएको छ । चीनले खुलेरै कुरा गरेको छ । मे ७,८ मा चीनले सहयोग गरेको थियो । अमेरिका एक पाइला अघि बढेर युद्ध विराम गराएको हो ।सीएनएनका निक रवर्टसनले पनि वासिङ्गटनबाट दिल्लीमा विदेश मन्त्रीसँग फोनमा कुरा गरेको स्वीकार गर्नु गर्दै मोदीले फेरि पनि धम्की दिनु भएकाले दुवैले पाठ सिक्नुपर्छ भन्नु भएको थियो । भारतका ४०० समाचर चैनलले पनि यो कुरा गरिरहेका छन् । १२ मे मा चाइना स्पेश न्यूज तथा साउथ चाइना मोर्निङ्ग पोष्टमा गङ्ग टङ्ग नामीले आफ्नो लेखमा जेट खसाल्दा ए–लक गर्ने,बी–हमला सी–रेडर,निर्दे आदि जस्तो एबीसी डाटा सेयरिङ्ग प्रणाली,स्ट्राटजी पाकिस्तानले अपनाएर सञ्चार ठप्प पारेको थियो भनेर स्पष्ट पारेका थिए ”(इम्तीयाज गूल,सोसल मेडीया,मे १५ ई.सं.२०२५) । चीनले रुष,भियतनाम, भारतसँग पनि सिमाको कुरा गर्छ ,कुरा मिलाएको पनि । छ उशले द्वन्द हैन ग्रोथ चाहन्छ (नजाम सेठी,वरिष्ठ पत्रकार । समा टीभी,पाकिस्तान । मे ११,१६) । पाकिस्तानमा अहिले विदेशमन्त्री जयशङ्करका छोराले लेखेको एक लेखको पनि चर्चा छ । उक्त लेखको आशय जसरी इरान–इजरायल,अजरवैजान–आर्मेनीयाको युद्ध भै रहन्छ त्यसैगरी भारत–पाकिस्तानको पनि युद्ध हुन्छ । युद्धमा पाकिस्तानको पक्ष बढी हावी भएको भन्नेकुरा प्रति लेखकले बकवास भनेका छन् ।

(घ) बेलायतको हलचलः– चिनमा निर्मित जे–१० सी लडाकु विमानले भारतको फ्रान्समा निर्मित राफेललाई जमिनमा खसालेको हो भन्ने समाचारले प्रसंशा पायो । यो खवरले चीन तथा पाकिस्तानमा खुशी छायो । यो विमान सँगै पीएल–१५ क्षेप्यास्त्रपनि चीनको प्रभावकारी देखियो (मेम्फिस बेकर । हाउ चाइना हेल्पड पाकिस्तान शुटडाउन ईण्डियन फाइटर जेट्स । टेलीग्राफ,बेलायत । ८ मे । तथा सीएनएन,वासिङ्गटन पोष्ट,अलजजजिरा र विभिन्न विदेशी सञ्चार माध्यमहरु) । यो घटनाले शेयर बजारमा चीनको कम्पनीको मूल्य बढेको थियो । “बेलायतका सांसद बब ब्ल्याकम्यानले हाउस अफ कमन्समा बोल्दै लस्कर–ए तैयवा जस्तो आतङ्कवादी सङ्गठनलाई आश्रय दिने पाकिस्तानको आलोचना गर्दै भारतीय विदेश सचिवले यो आतङ्कवादी सङ्गठनलाई हटाउन के के गर्दै हुनुहुन्छ भनेर जित्राशा राख्नु भएको थियो”(एनडीटीभी,भारत । ब्रिटेनकी संसद मेँ उठी माँग । पीओके मेँ चलरही आतङ्की कैम्पोँ पर एक्शन लिया जाय । १५ मे २०२५) । पाकिस्तान र भारतको विभाजन गर्दै २ देश बेलायतले निर्माण गरिदिएकाले बेलायतले युद्ध विराम चाहेको थियो । (ङ) नेपालमा हलचलः–नेहरु तथा अमेरिका नभएको भए नेपालको अस्तित्वलाई शितयुद्ध र भूराजनीतिक चपेटाले कहाँ प¥याउने थियो होला भन्ने पनि छन् । माओले “नेपाल हिरा हो” त्यसै भनेका होइनन् । ‘नेपाल हमारा दिल है’ भनेर नेपालीहरुले लाहोर पुग्ने वित्तिकै पाकिस्तानीहरुको खुशीले दिएको सन्देशको र नेपालका प्रथम जननिर्वाचित प्रम तथा एशियाका समाजवादी नेता वीपीका पुत्र प्रकाश कोइरालाले “नेपालको ठूलो समश्या भनेको दक्षीणको खुला सिमाना हो” भनेर भन्नु भएको कुराको अर्थ बुझाउन कठिन छ । तर निस्वार्थ सहयोग चाहिँ कुन मित्र राष्ट्रहरुले–कून छिमेकिले गरेको छ ? किन नेपालमा सरकार स्थिर हुन सकेन ? भन्ने बुभन सकिएको छैन । कुनैपनि घटनामा नेपालीले उत्ताउलो हुन आवश्यक छैन । नेताहरुले देश र जनताको हितमा काम गर्ने हो । सत्ताको लागि कहिले कुन कहिले कुन कार्ड खेल्ने र कम्फर्ट भै हाल्नुपर्ने आवश्यक हुन्न । कुनैपनि देशको नेपालप्रतिको अनावश्यक गतिविधि नेपालीलाई स्वीकार्य नहुन सक्छ । पहलगाम घटनाको विरोध गर्दै भारतको आक्रमणको समर्थनमा जनकपुरमा पाकिस्तानी सेनाध्यक्षको पुत्ला जलाएको र राप्रपाले पाकिस्तानी राजदुतावासमा पहलगाम घटनाको राप्रपा झण्डा सहित विरोध प्रर्दशन गरेका,राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले संसदमा हिन्दुत्व माथी पहलगाममा आक्रमण भएको भनिरहँदा राजा ज्ञानेन्द्रका कार्यालय सचिवले राजाको तर्फबाट दिएको बक्तव्यमा पनि हिन्दत्व भन्ने शव्द उल्लेख भएकाले र पहलगाममा हिन्दु बाहेक एक मुशलमान अनि एक ईसाई पनि मारिएकाले सिर्फ हिन्दुत्व वादी मात्र मारिएको ठान्दा कतै यो छुचुन्द्रे शैलीको उत्ताउलो चहलपहलले नेपाललाई आरएसएस र भाजपाको हिन्दत्वको दलदलमा फसाएर सङ्कट ल्याउन खोजिएको त हैन भन्ने बहशपनि चलेको थियो । क्रमशः….
(तस्वीर सौजन्यः भारतीय सोसल मेडीयाबाट वि.सं.२०८२) ।