सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा अभिनेत्री वर्षा

काठमाडौं । नेपालमा इलेक्ट्रिक आयोन गाडीको आधिकारिक बिक्रेता सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई ‘एक्स्ट्राअर्डिनरी आयोन–भीको आधिकारिक ब्रान्ड एन्डोर्सरमा नियुक्त गरेको छ । उक्त घोषणा गर्दै सीजी माटर्सले गाडी हस्तान्तरण पनि गरेको छ । नेपाली चलचित्र उद्योगमा आफ्नो आत्मविश्वासी उपस्थिति, सौन्दर्य तथा जीवन्त व्यक्तित्वका लागि परिचित वर्षा राउत अब आयोन–भी परिवारको हिस्सा बन्न पुगेकी हुन् ।

सीजी मोटर्सका जीएम सेल्स सुशील क्षेत्रीले भने, ‘हामी वर्षा राउतलाई आयोनको ब्रान्ड एन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । उहाँको अग्रगामी सोच, आधुनिक जीवनशैली र सस्टेनेबिलिटीप्रतिको प्रतिबद्धता आयोन भी को पहिचानसँग पूर्ण रूपमा मेल खान्छ । हामी मिलेर नेपालमा विद्युतीय सवारीको भविष्य पुनः परिभाषित गर्ने आशा राख्छौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *