अर्थ र उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठकमा बैङक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल हुँदै छ ।

बैठक मध्याह्न १२ बजेका लागि बोलाइएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *