गृहमन्त्री लेखकबारे आधिकारिक धारणा बनाउन कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्नेछ । बैठकमा गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकका विषयमा छलफल हुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । आजको बैठकले रमेश लेखकबारे पार्टीको आधिकारिक धारणा बनाउनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक मोटो रकम घुस लिने गरेको गृहमन्त्री लेखकलाई आरोप लागेको छ । उनले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग भइरहेको छ ।

कांग्रेसका केही नेताहरूले पनि लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । पूर्वपदाधिकारीसहतिको बैठकमा क्रियाशील सदस्यता नवीकरणका बारेमा पनि छलफल हुनेछ । महामन्त्री गगन थापाको संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति निर्माण भएको छ । यो समितिले असार मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न मातहत समितिहरूलाई यसअसघि नै निर्देशन दिएको छ । क्रियाशील सदस्यताबारे कांग्रेसमा २१ सय उजुरी परेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *