गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनको उपस्थितीमा राष्ट्रपति पौडेललाई ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौं । केन्याका महामहिम राजदूत उच्च्युक्त पिटर मैनामून्यीरीले नेपालकालागि गणतन्त्र केन्याकाअवैतनिक वाणिज्यदूत चन्द्र टण्डनको उपस्थितीमा राष्ट्रपति कार्यालयशितलनिवासमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । सोही दिन महामहिम राजदूतउच्च्युक्त पिटर मैनामून्यीरीद्वारा कमलादी स्थित सिटी एक्सप्रेस कम्प्लेक्सको चौथो तल्लामाअवस्थित गणतन्त्र केन्याको अवैतनिक दूतावास कार्यालयको उद्घाटन गरिएको छ । नेपालकालागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनद्वारा आयोजित बिशेष समारोहमा महामहिमको अध्यक्षतामा दुबै देश बिचको ब्यापार प्रबर्धनका साथै संस्कृतिक तथा अन्य विविध छेत्रमा सहकार्य विस्तारमा कामगर्ने प्रतिबधता जनाइएको थियो । नेपालकालागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक पनि हुन् ।