अमेरिकाको लस एन्जलसमा आप्रवासी माथि छापा मारेको विरोधमा भएको प्रदर्शन उग्र बन्दै
काठमाडौं। अमेरिकाको लस एन्जलसमा आप्रवासी माथि छापा मारेको विरोधमा भएको प्रदर्शन उग्र बन्दै गएको छ ।
आप्रवासी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको छ । दुई पक्षबीच भएको झडपका कारण आगजनी र तोडफोडका घटना समेत भएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले प्रदर्शन नियन्त्रणमा लिन ७ सय जल सैनिक परिचालन गरेको पुष्टि गरेको छ । अमेरिकामा अवैध रुपमा बसोबास गरिरहेकाहरुको खोजी र वहिर्गमनको काम तीब्र रुपमा भइरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लस एन्जलसमा मात्रै झण्डै २ हजारको संख्यामा सुरक्षा गार्डका सैनिक परिचालन गरेको बताइएको छ ।