ज्योति विकास बैंकका ग्राहकलाई होटल मार्कोपोलोमा विशेष छुट

काठमाण्डौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको हात्तीसारस्थित होटल मार्कोपोलोमा आफ्ना ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौतासँगै अब ज्योति विकास बैंकका ग्राहकहरूले उक्त होटलमा खाना तथा रूम चार्जमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ । हालै बैंकले ललितपुरस्थित ब्याकेड एन्ड सर्भ्डमा १२ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ । साथै, बैंकले काठमाडौंस्थित भ्यु थ्री हन्ड्रेड सिक्स्टी डिग्री रिसोर्ट र ललितपुरस्थित प्याराडाइज हिल्समामा बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरूमा पनि परिवर्तनको ज्योति बन्ने प्रतिबद्धता जनाएको छ । बैंकले आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको छ ।

स्वस्थ र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवनरक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ६२ वटा न्यानो नानीमार्फत हरेक वर्ष २२९४ भन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । यस्ता जीवनरक्षा गर्ने अति प्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण यस बैंकले गरेको छ । बैंकले राष्ट्रप्रति आफ्नो दायित्व निर्वाह गर्दै गएको आर्थिक वर्षमा करिब ४० करोड राजस्व बुझाएर नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याएको छ । साथै, चालु आर्थिक वर्षको पुस मसान्तसम्म करिब १५ करोड राजस्वस्वरूप बुझाइसकेको छ । ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *