अनेरास्ववियुको अध्यक्षका लागि कडरिया र पौडेल भिड्दै

काठमाडौँ । अनेरास्ववियुको अध्यक्षका लागि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको छ । कीर्तिपुर जारी २४ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका हुन् । सर्वसम्मतिमार्फत नेतृत्व चयनका लागि भएको प्रयास विफल भएपछि आज मतदान हुन लागेको हो । उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ । खुल्ला उपाध्यक्षमा भरत धामी, धर्मेन्द्र केसी, विकास श्रेष्ठ, राजकुमार ढकाल र रोहित बमको उम्मेदवारी परेको छ । भने महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँको उम्मेदवारी परेको छ । त्यस्तै महासचिवमा समेत ३ जनाको उम्मेदवारी परेको छ । महासचिवमा दीपक धामी, आरके रोमस, र सुनिल कँडेलको उम्मेदवारी परेको हो । धामी डाक्टर कडरिया प्यालनबाट उम्मेदवार बनेका हुन् । दुई अध्यक्षका दाबेदार कडरिया र धामी एउटै प्यानलबाट अध्यक्ष र महासचिवका उम्मेदवार बनेका हुन् ।

उपमहासचिव पदमा कमल जोशी, अमर शाही, र प्रेमिका शाहीको उम्मेदवारी परेको छ भने सचिवमा धेरैले उम्मेदवारी दिएका छन् । मदन भण्डारी, राजेश ओली, रक्षा बम, मनोज राई, गोपाल नेपाल, धर्मराज तिमिल्सेना, अनुप लामिछाने, स्मृति बराल, रेखा न्यौपाने, नीरज पौडेल लगायतले उम्मेदवारी दिएका हुन् ।अनेरास्ववियुको नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न एमालेको उच्च तहबाट निर्देशन आएको थियो । सोही आधारमा अध्यक्ष मण्डलले सहमति अनुसार अध्यक्षमा डाक्टर कडरियालाई अघि सारेको थियो । उक्त प्रस्तावको विरोध गर्दै पौडेल, धामी लगायतले विरोध गर्दै नाराबाजी गरेका थिए । चुनावको माग गर्दै होहल्ला र नाराबाजी गरेपछि निर्वाचन कार्य तालिका सार्वजनिक गरिएको थियो । आज मतदान बिहान १० बजेदेखि ५ बजेसम्मको मतदानको समय तोकिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *