सूर्यविनायक–साँगा सडक सीमाभित्र निर्माण भएका संरचना भत्काइँदै

काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–साँगा सडक सीमाभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको छ । ६ लेनमा विस्तार भइरहेको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक अन्तर्गत भक्तपुर खण्डमा सडकको सीमा क्षेत्रभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको हो । सूर्यविनायक–धुलिखेल सडक आयोजनाले सूर्यविनायकदेखि साँगासम्मको साढे सात किलोमिटर सडक खण्डमा ७५ फिटभित्र निर्माण भएका संरचना भत्काउने निर्देशन दिएसँगै कतिपय घरधनी आफैले सो संरचना हटाउन थालेका छन् ।

विस्तारित सडक अन्तर्गत ७५ फिट क्षेत्रभित्र निर्माण भएका घर टहरा हटाइएको आयोजनाले बताएको छ । आयोजनाले पहिलो चरणमा काभ्रेपलान्चोकतर्फ सडक सीमामा निर्माण भएका संरचना हटाएको र दोस्रो चरणमा सूर्यविनायकदेखि साँगासम्मको सडक सीमामा निर्माण भएका संरचना हटाइएको हो ।विस्तारित अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म ८६ वटा घर टहरा भत्काउनुपर्ने अवस्थामा रहेको आयोजनाले जनाएको छ ।राजमार्गको सीमाभित्र निर्माण संरचना हटाउने विषयमा मुआब्जालगायतको विषयमा लामो समयसम्म विवाद भएका कारण साढे दुई वर्षसम्म राजमार्गको सीमाभित्र निर्माण भएका संरचना हटाउन समस्या भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *