सिम्रिक एयरले प्रिमियममा आईपीओ निष्कासन गर्ने
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ( निष्कासन गर्ने भएको छ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न कम्पनीले यही असार २५ मा साधाणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि आईपीओ निष्कसनको प्रक्रिया अघि बढ्नेछ । यसैगरी कम्पनीको चुक्ता पुँजी बढाउन बोनस सेयर जारी गर्ने प्रस्ताव सभामा पेस हुने भएको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले प्रिमियम मूल्यमा आईपीओ र बोनस सेयर वितरणको प्रस्ताव सभामा पेस गर्ने निर्णय गरेको हो । पछिल्लो समय वायुसेवा कम्पनीहरू पनि आईपीओ निष्कासन गर्न आकर्षित भएका छन् । प्रिमियम र बुकबिल्डिङ विधिबाट आईपीओ विवादित बनेपछि नेपाल धितोपत्र बोर्डले स्वीकृति रोकको छ । संघीय संसद्को अर्थ समितिले आईपीओ जारी गर्न लागेको कम्पनीको न्यूनतम खुदसम्पत्ति (नेटवर्थ) ९० रुपैयाँ र प्रिमियमा आईपीओ निष्कासन खुलाउन धितोपत्र बोर्डलाई गत शुक्रबार निर्देशन दिएको छ ।