रास्वपा र समाजवादीले नैतिकता सिकाउने ? : सांसद बस्नेत

काठमाडौँ — नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले नैतिकता सिकाएको भन्दै टिप्पणी गरे। बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले एकीकृत समाजवादीका अध्यक्षमाथि अख्तियारमा मुद्दा चलिरहेको र रास्वपाका सभापति कारागारमा रहेको भन्दै अहिले पनि संसदीय दल र पार्टीको नेतृत्व छोड्न नसकेको जिकिर गरे। उनले रास्वपा र एकीकृत समाजवादीले कांग्रेसलाई नैतिकता सिकाउने भन्दै प्रश्न गरे । यो कस्तो नैतिकताको कुरा हो ? बस्नेतले नैतिकता पहिले आफूले सिकेर मात्र अरूलाई सिकाउनुपर्ने बताए। उनले नैतिक चरित्र बिना देश नचल्ने भन्दै नैतिक चरित्र पहिले आफ्नो राम्रो भएपछि मात्र अरूलाई भन्न पाइने जिकिर गरे। उनले भने,नैतिकताको कुरा गर्दा खेरी म रास्वपा र समाजवादी पार्टीलाई सोध्न चाहन्छु— नैतिकता तपाईँहरूमा लाग्छ कि लाग्दैन? तपाईँको नेतालाई अख्तियारले एउटा मुद्दा लगाएको छ, एउटा पार्टी सभापति जेलमा छन्। जेलमा रहेका पार्टी सभापति र अख्तियारले मुद्दा लगाएका पार्टीका अध्यक्ष संसदीय दलको नेता नै बस्नुपर्ने अनि पार्टी सभापति छोड्न नहुने ? हामी नेपाली कांग्रेसलाई नैतिकता सिकाउने ? यस्तो कस्तो नैतिकताको कुरा हो ? नैतिकता पहिले आफूले सिक्नुपर्ने अनि अरूलाई सिकाउनुपर्छ। नैतिक चरित्र बिना त देश चल्दैन होला। त्यसैले नैतिक चरित्र पहिले आफ्नो राम्रो हुनुपर्छ, सुन्दर हुनुपर्छ। त्यसपछि मात्र अरूलाई भन्न पाइन्छ। नैतिक चरित्रको कुरा पहिले आफूले आफैलाई बुझ्न आवश्यक रहेको उनले उल्लेख गरे।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *