पसिना तरर तैपनि प्यारो लाग्छ आफ्नै बिराटनगर

माघमा विराटनगर जाने भनेर तय गरिएपनि जेठको ४० डिग्री तापक्रममा सहसा यात्राको अवशर जु¥यो–विरामिको सेवाको लागि । विराटनगरमा ११ बर्ष देखि हुर्केको–खेलेको मलाई गर्मीको त कुनै चिन्ता थिएन तर ५० वर्ष अघि अचेलको यो पुर्व मनसुन भन्ने सुनिदैन्थ्यो न त ४० पुगेको थाहा नै थियो । जेठमा दुवो समेत सुक्ने गरि दिउसो घाम चर्कने गरेपनि बेलुका सिङ्गियाई खोलाबाट बहने चिसो हावाले आनन्द लाग्ने गरेको सम्झिएँ । अव मानव सिर्जित सिमेण्टको जङ्गल र कार्वनले खाडीको सम्झना हुने रहेछ । सूर्यले आकाशमा अझ म नजिक हुनुहोस र शरिरमा मेरो ताप सञ्चित गर्नुहोस भनेर भ्यूटावर चाहिँ बनाएका रहेन छन,सायद रुखले बोकेको हुनाले त्यो अवशर नजुटेको होला । जति गर्मी भएपनि विराटनगर पुग्दा लाग्ने आनन्द चेली घरबाट माइतीघर जाँदा लाग्ने आनन्द जस्तै महसुश हुन्छ । विराटनगर बस्दाका केही क्षणहरुलाई साझा गर्न मनलागेर प्रस्तुत गरेको छु ।
(क) भेटघाटः
(क १) माघमा जाने तय गरिएपनि एकाएक जानु परेको अवस्थामा भेटघाट सम्भव थिएन,कुनै । तर,जुन कारणले जानु परेको थियो ९ दिनमा त्यसमा सुधार भएपछि बर्षादको महिना बाटो अवरुद्ध हुने भएकाले सबैको सल्लाह मानेर फर्कने निधो गर्दा लगनशील राष्ट्रिय उधमीहरु भिम घिमिरे,मनिष बोहरा,हिरा रजगरिया,सुरेन्द्र लोहडा,विजय अग्रवाल,प्रभु तोदी,कमल गौतम लगायत बुद्धिजिवि तथा मानव अधिकार कर्मी एवं कोशी प्रदेश योजना आयोगका पूर्व अध्यक्ष सुवोधराज प्याकुरेल,वरिष्ठ पत्रकारद्वय यज्ञ शर्मा र शङ्कर खरेल र अरु पत्रकार लगायत राजनीतिज्ञ मित्र प्रहलाद साह–केदार कोइराला,खेम नेपाली एवं कलेजदेखि दाजु भन्ने् गरिएका केशव गौतम एवं बावुराम कार्कि,केदार बस्नेत,दिपक लोहनी र नहरपारी दाजुहरु घनश्याम बराल–चिरञ्जीवी दाहाल,डा.मदन कोईराला,लेखक बुद्धिजिवि हरिप्रसाद बराल नागरिक अगुवा–पूर्व शिक्षा व्यवस्थापक–लेखक–बुद्धिजिवि दिनेश श्रेष्ठ,सहित ऋतु आशिक,लक्ष्मण कुमार नेवटीया मुनाल पोखरेल,कृष्णप्रसाद कोइराला,भवानी पोखरेल,बशन्त प्रधानाङ्ग सहित विभिन्न साहित्य लेखकहरु र प्रशासकहरुलाई भेट गर्न सकिएन । विरामीको घरबाट फर्कदा बाटोमा पर्ने विधालय सहपाठी–लगनशील राष्ट्रिय उधमी महेश सोनीलाई भेट गरेँ–फेरि माघमा आउदा चिया खाने शर्तमा महेशलाई मनाएँ । काली मन्दिर नजिक जलजला चौकमा पुग्दा विजुली व्यवसायी मित्रसँग भेट भयो र हनुमान दाश मार्गका उधमी–हनुमान दाश श्रेष्ठका नाति,विधालय जाँदा उहाँका भाई भतिजाहरुसँग जाने भएकाले मैले दाजु भनेर सम्बोधन गर्ने गरेका,नेपाल सरकारका पूर्व उपसचिव बद्रीनाथ श्रेष्ठ अमेरिका हुनुहुन्छ कि यतै भनेर राखेको जिज्ञाशामा अति जटिल स्वास्थ्य समश्याको जानकारी पाएपछि भेट गर्न गएँ । उहाँसँग भेट पछि मनको भावना व्यग्र हुन खोजेपनि जीवनले धेरै अर्थहरुको व्याख्या गरिरहेको हुन्छ भन्ने ठानेर मन सम्भालियो । बद्रिनाथ एक अशल प्रशासक,एक लगनशील उधमी हुनुहुन्थ्यो । हामी एकै कार्यालय परिशरमा कार्यरत हुँदा काठमाण्डौँबाट विराटनगर विमानस्थलमा उत्रेका एमाले नेताहरु एवं काँगैसका साथी नेताहरुलाई समेत धरान,इनरुवा,दमक पु¥याउनु हुन्थ्यो । आफैँले चलाउनु हुने उहाँको रातो कार थियो,एक पटक उहाँ र म दमकबाट त्यही कारमा घर फर्कदा अमेरिकामा सवारी साधन जहाँसुकैबाट मोड्दा ठूलै काम गरेँ भनेर सोचेको केही छिनपछि प्रहरीले प्रविधिमार्फत पत्ता लगाएर जरिवाना गर्नुपरेको कुरासँगै वर्तमान प्रम केपी शर्मा ओलीलाई यही कारमा दमक ल्याएको कुरा बताउनु भएको सँगै मलाई तिमिजस्तो सिधा कर्मचारी जागीर नखानु आउ बरु मिलेर व्यवसाय गरौँ,तिमिजस्तो मिहनतीलाई म नै जागीर दिन्छु भन्नु भएका विगतका कुराहरुपनि सम्झना भयो । उहाँ बोल्न सक्नु हुन्न,पाइपबाट खाना खुवाइन्छ । “यूँ हसरतोँ के दाग मोहब्बत मेँ धो लिए । खुद दिल से दिल की बात कही और रो लिए ।। मुरझा चुका है फिर भी ये दिल फूल ही तो है । अब आप की खुशी इसे काँटों मेँ तोलिए ।। ”(राजेन्द्र कृष्ण,साहित्य लेखक,भारत) । केदार तथा हिक्मत कार्की लगायत नेताहरु हेर्न आए नआएको जिज्ञाशा मैले भाउजुलाई राख्दा उहाँ भावुक हुनुभयो । पूँजिबादले यसैपनि मानिसलाई समाजबाट अलग बनाउँदै मानवीयतालाई बस्तुबादमा आशक्त बनाउने गरेको सन्दर्भमा त्यसभित्र नव उदारबाद समेत पसेपछि त कशैले अव कशैलाई चिन्न छोडिसकेका छन् । दाजु बद्रीनाथसँग भेटेपछि त क्रमशः दलाल पूजीवादीमा रुपान्तरण हुन लागेका नेपालका ठूला दलका संसदीय समाजबादी आवरणका नेताहरुलाई सम्झदै –“जब जब बस्तुहरु अहम हुन जान्छन,मानवीयताको मूल्य घटन लाग्छ । पूँजीवादी समाजमा हरेक मानिसहरु एक अर्कामा अलग्गै लाग्ने हुन्छन,एक आपसमा अपरिचित हुन्छन् । यस्तो समाजमा व्यक्तिसँग या त कशैको शिकार हुनुपर्ने नभए आफैँ शिकारी हुनुपर्ने विकल्प हुन्छ । पूँजीवादी समाजको विरोध गर्न समाजबादी हुनुपर्छ भन्ने छैन,सिर्फ मानव भए पुग्छ”(कार्ल माक्र्श) भन्ने सार्थक भनाईको समेत सम्झना भयो ।
(क २) माता पिता र गुरुहरु इश्वरका अवतार हुन भनेर पढेको थिएँ । माघमा जाँदा क्याम्पस र विधालयका गुरुहरुसँग भेट गर्छु भन्ने तय भएपनि महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पसका गुरु,सङ्घीय लोकसेवा आयोगका पूर्व सदस्य,विराटनगर स्नातकोत्तर क्याम्पसका पूर्व क्याम्पस प्रमुख,चीन अध्यन केन्द्रका पूर्व सल्लाहकार,पूर्वाञ्चल विश्वविधालय सेवा आयोगका पूर्व अध्यक्ष,विराट साइन्स क्याम्पसका सञ्चालक समितिका पूर्व सदस्य,राष्ट्रिय तथा अन्तराष्ट्रिय विषयका स्वतन्त्र र निष्पक्ष विश्लेषक,प्रकाश साप्ताहिकको पूर्व प्रधान सम्पादक–पत्रकार तथा स्तम्भकार,नागरिक अगुवा,वामपन्थी राजनीतिक कार्यकर्ता(राजनीतिज्ञ झलक सुवेदीको शब्द सापटी),‘रे बौवा’ उपन्यासका उपन्यासकार प्राध्यापक कृष्ण पोखरेलसँग बाटोमा पर्ने भएकाले भेट गर्न भ्याएँ । कृष्ण गुरुले मलाई महेन्द्र मोरङ्ग क्याम्पसका अर्का क्याम्पस प्रमुख तथा चर्चित अंग्रेजी प्राध्यापक स्व.भक्तराज आचार्यको स्मृतिमा भक्तराज आचार्य स्मृति–पुस्तक प्रकाशन समिति,विराटनगरद्वारा प्रकाशित–उहाँ कृष्ण पोखरेलद्वारा सम्पादित एवं मेरो समेत स्मृति लेख समावेश भएको ‘स्मृतिमा भक्तराज आचार्य’ स्मृति ग्रन्थ तथा उहाँको आफ्नो र आफ्नो परिवेशबारेको अभिव्यक्ति ‘फर्केर हेर्दा’ स्मरण–ऐतिहासिक दस्तावेज समेत उपहार दिनुभयो ।
कलेज पढदा कृष्ण गुरु नेकपा माक्र्शबादी समर्थक हुनुहुन्छ भन्ने सुनेको थिएँ । नेकपा एमालेका र हाल नेकपा समाजबादीका नेता एवं अनेरास्ववीयू एकताको पाचौँका विधार्थी नेता मेरा क्याम्पसका सहपाठी खगेन्द्र चुडालले पोहोरसाल मदन भण्डारीले कृष्ण सरलाई जसरी हुन्छ मालेमा ल्याउनु नभए उहाँलाई असहज हुन सक्छ भनेर सम्झाउन निर्देश गर्नु भएको कुरा मलाई बताउनु भएको थियो । ‘फर्केर हेर्दा’ मा गुरुले आफुलाई एहमालेका केही प्राध्यापनमा संल्गन साथीहरुले असहज पारेको कुरा घुमाउरो पारामा प्रस्तुत गर्नु भएको हो कि जस्तो लाग्यो । पुस्तक लगेर फिर्ता नगर्नेलाई पुस्तकालय क्लियरन्स नदिएसम्म प्रमाणपत्र नदिने कुरालाई तत्कालिन क्याम्पस प्रमुख तथा कुशल विश्वविधालय व्यवस्थापक गोविन्द उपाध्याय घिमिरेले समर्थन गर्नु भएको कुरा सहित जनमत संग्रहमा वीपीले सही आँकलन गर्न किन चुक्नु भयो भन्ने कुराहरु समेत उल्लेख गर्नु भएको रहेछ । त्यसैगरी फणिन्द्र तिम्सिना हत्या घटनामा प्रारम्भिक नतिजा अनुशार आफुहरु पराजित हुने भएपछि नेविसंघले बिचमै मत गणना बिथोलेर रिभल्वरको नोकमा टेलिफोन समेत भुइँमा बजार्दै विजय भएको लेखेर लिदैँ घोषणामा सही गर्न क्याम्पस प्रमुखलाई वाध्य पारिएको र यदी यही नतिजालाई अर्को सुच्नाद्वारा रद्ध गरिएको भए वा विश्व विधालय प्रशासनले हस्तक्षेप गरेको भए क्याप्स भित्र विधार्थीको झगडा भएर हत्या हुनुपर्ने अवस्था आउने थिएन भन्ने कुरालाई “गडेको मुर्दा उधिनेर बस्न पनि मन छैन”भन्नु हुँदै संक्षेपमा उल्लेख गर्नु भएको रहेछ । भेटमा मैले फणिन्द्रको सम्बन्धमा सूर्य दैनिकको प्रिण्ट तथा सत्याग्रह साप्ताहि अनलानइन संस्करणमा गोवन्द उपाध्यायको बारेमा लेख्दा हत्याको बारेमा अनेक आरोप प्रत्यारोपको बहश चलेपनि कशले गरेको रहस्यमय छ भन्ने कुरा उल्लेख गरेको कुरा पनि गरेँ ।भक्तराज गूरुले दुख पाउनु भएको कुराहरु सहित देशको राजनीतिका कुराहरुबारे मैले महत्वपूर्ण जानकारी पाएँ । त्यसपछि मैले–“अहिले कालो धन जसरी फैलिएको छ ,चोरी निकाशी कालो बजारी तस्करीको जे हाल छ सत्ता जसको पाउ समाउन पुग्छ यी जो जो वुर्जवाहरु छन यी यमराज जस्ता जो जो नेताहरु छन,मतदाताहरु विवश छन यी सबैलाई हटाउन र परिवर्तन गर्न अव तयारी गर्नुपर्छ । जारी छ–जारी छ अहिले लडाई जारी छ”(सर्वेश्वर दयाल सक्सेना,साहित्य लेखक,भारत) भन्ने एउटा कविता सुनाएँ,उहाँले हाँस्दै निराश नहुन भन्दै राजनीतिमा सुधार हुने आशा व्यक्त गर्नु भयो ।
(क ३) पछि भेटने कार्यक्रम तय गरेर देवकोटा चौकका बराल काकाहरु र अरु बराल बन्धुहरुसँग हाल भेट गर्न सकिएन । पहाडबाट बसाइँ सरेर आएपछि जेठो दाजुको घरमा कोठा नपुगेर भाडा खोज्दै जाँदा आफैँलाई अपुग भएपनि एक कोठा खालि गरेर आफु एक कोठामा गुजारा गर्दै भाडा नलिएर निःशुल्क बास दिनुहुने भतिज,समाजसेवी एवं नेपाल बैङ्कका पूर्व कर्मचारी प्रेमप्रसाद बराल अहिले हामी माझ हुनुहुन्न । विराटनगर गएको बखत उहाँको घरमा गएर सुख दुखका कुरा गर्दा मन हल्का हुन्छ । नाती किशोर बराल नेपाल सरकारका उपसचिव पदबाट अवकाश हुनु भएको र अहिले कोशी प्रदेश सामाजिक विकाश मन्त्रालयकी सहसचिव बुहारी दुर्गा भण्डारी बरालको घरमा गयौँ ।
(ख) प्रवासी साहित्यको भण्डारः
पढने बानी नै प्राणन्त भै रहेको अवस्थामा सहित्य पढने बानीको त दाहसंस्कार हुन थालेको छ भन्ने बहश चलेको अवस्थामा पारीजात,हरिभक्त कटुवाल,लिला बहादुर क्षेत्री,अगमसिंह गिरी,पवन चामलिङ्ग,इन्द्र बहादुर तथा शिवकुमार राई,मनबहादुर मुखिया,प्रकाश कोविद लगायतकाले रोपेका प्रवासी नेपाली भाषा साहित्यलाई पछि गएर भारत आशाम तेजपुर–सोनितपुरका प्रा.स्व.दुर्गाउपाध्याय घिमिरे,डा.दैवकी देवी तिम्सिना,कालेबुङका मुक्ति उपाध्याय बराल लगायत खारसाङ्ग,दिल्ली,मेघालय,कलकत्ता,सिलगुढी सहि त भारतमा विभिन्न स्थानमा छरिएर रहेका नेपाली भाषी भारतीयहरुले नेपाली भाषाका साहित्यको भण्डारमा थुप्रै सिर्जनाहरु थपेर समृद्ध बनाउनु भएको रहेछ भन्ने कुरा एक वर्ष भित्र उपहारमा प्राप्त प्रवासी नेपाली साहित्यका सिर्जनाहरुबाट छर्लङ्ग हुन गयो । प्रवासमा नेपालीहरु नेपाली भाषाका साहित्य सिर्जनाहरु खोजी खोजी पढ्ने गर्दा रहेछन भन्ने सुन्दा नेपालमा साहित्य भनेपछि नाक खुम्च्याउने प्रवृति बढेको देख्दा दिक्क लाग्छ ।


(ग) तुलफूल र बाग बगैचा लाउने चलनः
विराटनगरलाई हरित नगर पनि भनिन्छ । हरेक घरमा जमिनले भ्याएसम्म अमला,आँप,फडिर–जामुन,लिचि,नरिवल लाउने गरिन्छ । विश्वमा विहारको मुजफरपुरको लिचीलाई सर्वश्रेष्ठ मानिन्छ । हाम्रो घरमा मुजफरपुरबाट ल्याएको लिची अझै छ (“बिहार की लीची अद्भुत है”–शिवराज सिंह चौहान,भारत सरकारका केन्द्रीय कृषि एवं किसान कल्याण मन्त्री,ई.सं.२०२५) । । त्यहीबाट ल्याएको मालदह आँपमा धोद्रे लागेपछि उपचार गर्नुको साटो काटिदिएको र दुई ठूला फडिरका रुख घर कम्पाउण्डमा जामूनको रुख अशुभ हुन्छ रे नलाउनु भनेर कशैले भनेपछि काटिदिएकोमा अहिले पछिताउ लागेको छ । अहिले हाम्रो बगैचामा किमु,आम्रपाली आँप र लिचिमात्र छ । तर छरछिमेकामा नरिवल,सुपारी कटहर,कृष्ण भोग,मल्लिका,कलकत्तीया, मालदह,बम्बै आँप छन । छिमेकि समाज सेवी भाई पूर्षोतमले लाउनु भएको मालदह आँप र हाम्रो घरका आम्रपाली आँप आषाढ १ गते आईपुग्दा समेत दाना परिपक्व हुन कम्तिमा २५ दिन लाग्छ होला ,अझ आम्रपाली आँप त श्रावण १५ गतेमात्र खान मिल्ने हुन्छ तर काठमाण्डौमा जेठको पहिलो हप्तामै यी आँपहरु बजारमा आएका थिए,कशरी आए ? बजार अनुगमन हुँदैन र ? विराटनगरमा अहिलेपनि घरका फलफुललाई बिक्रि हैन छरछिमेकमा बाँडेर खाने चलन छ । कटहर,नरिवल,त झन छिमेकिलाई समेत टिप्न सहज होस भनेर हाँगाहरुको विस्तारको व्यवस्थापन गरिन्छ । नर्सरीबाट फल फूल किनेर सजाउने प्रचलन बढेकाले तीनटोलीयामा नै नर्सरि व्यवसाय फष्टाएको रहेछ ।


(घ) स्थानीय निकायप्रति जनताको जिज्ञाशाः
चतराको भण्डारी टारमा घना जङ्गल देख्दा मैले स्थानीय बृद्धसँग सम्पर्क गरेँ,उहिले नवराज बराल डिएफओ साहव हुँदा इनरुवा देखि गाउँ गाउः गएर घरभरमा रुख विरुवा लाउन प्रेरित गर्नुहुन्थयो र अहिले स्थानीय निकाय हरियाली जोगाउन लागेको छ भन्ने सुन्दा विगतमा आँखी झ्याल तथा बीबीसीका कार्यक्रममा बराल डिएफओको जनताले गरेको प्रशंसा समेतको सम्झना भयो र हाम्रा परिवारको साइलो दाजु समेत उहाँ हुनुभएकोमा गौरव महसुश हुनगयो । विगतको बाढीले कल्पना नै गर्न नसक्नेगरी,सुन्दा विश्वास नलाग्ने गरी ध्वस्त बनाएको बीपी राजमार्गमा अशारे विकाश शूरु भएको देखियो । प्राकृतिक श्रोत साधनको दोहनमा स्थानीय निकायको उदाशिनताको पनि परिणाम हो यो भन्ने सुनिएको सन्दर्भमा विराटनगर महानपा समेत पहिलेको जस्तो लगनशील हुन नसकेकोगाइँगुई सुनियो । सडक ढाकेका रुख विरुवाका हाँगा विङ्गालाई छहारिको लागि बटुवा हिडने मार्गसम्म फैलिन दिएर छटनी गर्नुपर्ने,फुटपाथ बनाइएको नालाको ढकनी नढाक्दा दुर्घटना हुन सक्ने,यात्रु बस्ने बेञ्चको पछाडी दुर्गन्धित फोहरको डम्पीङ्ग बनेकोमा ध्यान नपुगेको,५० बर्ष अघिदेखि मजदुर कामदार जम्मा हुनेगरेको भूमि प्रशासन चौकमा राजु मण्डलसँग भेट भयो–मजदुर जम्मा हुने अलग स्थानको व्यवस्था नगर्दा भूमिप्रशासन चौकमा भीड जम्मा भै यातायातमा अवरोध पुगेको कुरामा अरु कामदारहरु समेत सहमत भए । विराटनगर महानपले शुरुमा प्रविष्ट गर्दा देखि नै त्रुटी हुन गएका राजस्व कोडमा सुधार गर्नुपर्ने भनेर यसअघि आफुले लेख मार्फत सुझाव दिएको सम्झना भयो । सिन्धुलि नापी कार्यालयका सर्भेयर राजु साहसँग कुशेस्वर महादेव स्थान क्षेत्रमा भेट भयो । दुधौली नपा,कमलामाई नपा,सुनकोशी गापा र गोलाञ्जोर गापाको कामको प्रशंसा गर्नुभयो ।

(ङ) भकुण्डो खेल र सरस्वती पूजाको सम्झनाः
सानै देखि भकुण्डोप्रति रुची भएकाले दाजुहरु कमला हाईस्कूलमा पढदा मलाई सानो रवरको भकुण्डो ल्याई दिने गर्नु हुन्थ्यो । कमला हाईस्कूलका उच्च स्तरका छात्रमा पर्ने माइलो दाजु डा.ऋषिराज बरालले कमला स्कूलमा भलिवल खेल्दा र पछि महेन्द्र मोरङ्ग कलेजमा पढदा साविक भूमि प्रशासन कार्यालयको कम्पाउण्डमा कार्यालय समयपछि भलिवल खेल्दा सर्ट हानेको देखेकाले भलीवल पनि आफुलाई मन पर्छ । कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड भलिवल प्रतियोगिताको जेष्ठ २३ गते भएको सेमि फाइनल पनि हेर्दै ताली पडकाउने अवशर यशपालि मिल्यो । प्रदेश स्तरीय भलीवल सङ्घका अध्यक्ष खेम राईले मलाई दर्शकको रुपमा पाउनुहुँदा खुशी हुनुभयो । हामीले तस्वीर पनि लियौँ । विधालयको विधार्थी हुँदामात्र हैन क्याम्पसको विधार्थी हुँदा समेत सरस्वती पूजामा पुग्ने गरेको विराटनगर–७ स्थित सरस्वती टोल हाटखोलाको मन्दीरमा यसपाली दुई पटक पुगेँ । मन्दीर नजिकै गायत्री मार्गमा गूरु कृष्ण पोखरेलको घर र मैले भेटेको विरामिको घरपनि नजिकै बजरङ्गवली पथमा भएकाले पनि यो अवशर मिल्यो ।
(तस्वीर सौजन्यः लेखक स्वयंबाट) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *