इरानका ६ विमानस्थलमा आक्रमण
काठमाडौं । इजरायली सेनाले इरानका ६ विमानस्थलमा आक्रमण गरेको दाबी गरेको छ ।
इजरायली रक्षा बल (आईडीएफ) ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै १५ विमान नष्ट गरेको र धावनमार्गमा क्षति पुगेको जनाएको छ । आईडीएफका अनुसार पश्चिमी, पूर्वी र मध्य इरानका विमानस्थललाई निशाना बनाइएको थियो। आक्रमणमा धावनमार्ग र भूमिगत बंकरमा पनि क्षति भएको दाबी गरिएको छ ।
आईडीएफले हवाई आक्रमणमा एफ–१५ र एफ–५ लडाकु विमान, इन्धन भर्ने विमान र एएच–१ कोब्रा हेलिकप्टर नष्ट भएको बताएको छ ।