ट्रम्पको युद्धविराम प्रस्तावमा इजरायली सरकारले गर्यो सहमति
काठमाडौँ । डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्तावमा इजरायली सरकारले सहमति जनाएको छ ।
विज्ञप्ति जारी गर्दै इजरायलले युद्धविरामको प्रस्तावलाई सहमति जनाउदै यो उलंघन गरिएमा कडा जवाफ दिने बताएको छ ।साथै इजरायलले इरानमाथिको आक्रमणबाट आफ्नो उद्धेश्य पुरा भएको समेत बताएको छ । इजरायली आक्रमणमा इरानले ठुलो संख्यामा सैनिक नेतृत्व गुमाएको छ भने आफ्ना तीन प्रमुख आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेपछि यसको ठुलो क्षति भएको अनुमान गरिएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान बीच युद्धविरामको घोषणा गरेका थिए । उनले अर्को पोस्टमा, ट्रम्पले भनेका छन्, ‘युद्धविराम अब सुरु भएको छ । कृपया यसको उल्लंघन नगर्नुहोस् ‘ अर्कोतर्फ इरानले पनि युद्धविराम सुरु हुनुभन्दा अघि ‘अन्तिम चरणको क्षेप्यास्त्र’ प्रहार गरिएको बताएको थियो ।