किसानको हितमा सरकार गम्भीर रूपमा प्रतिबद्ध छ : मन्त्री अधिकारी

ललितपुर । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले स्रोत र साधन सीमित भए पनि किसानको हितमा सरकार गम्भीर रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

कृषि विभागलगायत संस्थाहरूद्वारा आयोजित २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ मा बोल्दै मन्त्री अधिकारीले दुई वर्षभित्र धानमा आत्मनिर्भरता हासिल गर्ने सरकारको लक्ष्य रहेको बताए। ‘धान बालीमा सघनता, खाद्यसुरक्षा र आत्मनिर्भरता’ नारासहित महोत्सव बोल्दै भने “असारमा हिलोमा टेक्नुपर्ने हाम्रो संस्कार हो,” “हामी दुई वर्षभित्र धानमा आत्मनिर्भर हुन्छौँ, किसानको लागि काम गरेर देखाउँछौँ।”

मन्त्री अधिकारीले मल अभावका कारण रोपाइँ प्रभावित हुने अवस्थाको अन्त्य गरिने दाबी गर्दै, धान उत्पादन वृद्धिसँगै आगामी वर्षको धान दिवस थप उत्साहजनक हुने विश्वास व्यक्त गरे। सङ्घीय संसद्को कृषि समितिका सभापति कुसुम थापाले किसानलाई सबल बनाउँदै खाद्य आत्मनिर्भरता हासिल गर्न संसद्‌बाट नीतिगत निर्देशन दिने बताइन् । मन्त्रालयका सचिव दीपककुमार खरालले उत्पादनयोग्य जमिन आवासीय जमिनमा परिणत हुँदा समस्या उत्पन्न भएको बताए।

नार्कका कार्यकारी निर्देशक कृष्णप्रसाद तिम्सिनाले जलवायु परिवर्तनको सन्दर्भमा धानको नयाँ जात विकास भइरहेको र सन् २०३० सम्म नेपाललाई धानमा आत्मनिर्भर बनाउने योजना रहेको जानकारी दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *