ग्लोबल कलेजले उत्कृष्ट २५ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिँदै
काठमाडौं । मध्यबानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्टले २५ जना उत्कृष्ट विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भएको छ । कलेजले कक्षा ११ र १२ अध्ययनका लागि उत्कृष्ट २५ जनालाई पूर्ण छात्रवृत्ति दिन लागेको हो । कलेजले प्रदान गर्न लागेको उक्त छात्रवृत्तिमा भर्खरै एसईई उत्तीर्ण विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाइरहेको कलेजका प्रिन्सिपल अम्बादत्त जोशीले जानकारी दिए । देशभरकै अब्बल माविको सूचीमा पर्दै आएको यस कलेजले विज्ञानतर्फको असार १७ र व्यवस्थापनतर्फ १८ गते प्रवेश परीक्षा सञ्चालन गर्दैछ । उक्त परीक्षामा राम्रो अंक ल्याउने उत्कृष्ट २५ जनालाई विज्ञान विषय अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिने प्रिन्सिपल जोशीले जानकारी दिए । ‘व्यवस्थापन तथा विज्ञान दुवै समूहमा जीपीएलाई मूल आधार मानी मेरिट प्रणालीद्वारा आंशिक छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘विज्ञान विषयको प्रवेश परीक्षाको नतिजामा ४० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने सबै विद्यार्थी भर्नाका लागि योग्य मानिने छन् । कलेजले परीक्षाका लागि चाहिने नमुना प्रश्नपत्रको पुस्तकसमेत उपलब्ध गराएको छ ।

परीक्षा समय लगायतका आवश्यक जानकारी एसएमएस तथा फोनमार्फत जानकारी दिने व्यवस्था मिलाइएको कलेजले जनाएको छ । उसो त यतिबेला ग्लोबल कलेजमा आउने र आवेदन दिने विद्यार्थीहरुको ठूलो चाप बढेको छ । उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक, प्रविधिमैत्री कक्षाकोठा, उपयुक्त लोकेशन, अत्याधुनिक विषयगत प्रयोगशाला जस्ता कुराले ग्लोबलप्रति विद्यार्थी तथा अभिभावकको चासो बढिरहेको छ । यसैगरी, ग्लोबलको अर्को सशक्त पक्ष भनेको विद्यार्थी केयरिङ पनि हो । पढाई होस् या अतिरिक्त क्रियाकलापमा अब्बल र कमजोर विद्यार्थीलाई पहिचान गरी उनीहरुलाई आवश्यक सहजिकरण गर्दै आएको जोशी बताउँछन् । त्यस्तै, अतिरिक्त क्रियाकलापमा पनि ग्लोबल कलेज अरु भन्दा भिन्नै छ । पर्याप्त खेल मैदान र पूर्वाधारको राम्रो व्यवस्था रहेको कलेजले जनाएको छ । ‘हामी कहाँ फुटसल, बास्केट बल तथा क्रिकेटलगायतका खेलको अभ्यासका लागि खेल मैदान तथा भौतिक सुविधाको भरपूर उपयोग गर्न सकिने व्यवस्था छ ।