पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ।

बिहीबार भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको निवासमा करिब ३० मिनेट उनीहरूबीच कुराकानी भएको हो। मेयर बालेनका स्वकीय सचिव भूपदेव साहका अनुसार भेटवार्तामा समसामयिक राजनीतिक तथा सामाजिक विषयमा छलफल भएको थियो।

भेटमा समसामयिक विषयमा कुराकानी भयो,’ साहले जानकारी दिए।भेटवार्ताको विस्तृत विवरण सार्वजनिक नगरिए पनि पछिल्लो समय राजधानीको शहरी विकास, स्थानीय शासन र नीतिगत विषयहरूबारे नेताहरूबीच हुने भेटघाटलाई चासोको रूपमा हेरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *