सानिमा जिआईसी इन्स्योरेन्सद्वारा तीन विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका अन्तर्गतका तीनवटा बिद्यालयहरुमा बिद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण गरेको छ । कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १२ ढिकालेथरमा रहेको सरस्वती आधारभुत बिद्यालयमा एक लाख ३५ हजार रुपैयाँ बराबरको १५ थान फलामेडेस्क, बेन्च हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सन्तोष बास्तोला, विशेष अतिथि नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्र, अतिथिमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर कर्की, प्रधान अध्यापक रुद्रबहादुर रानाभाट रहेका थिए । उक्त कार्यक्रमको सभा अध्यक्ष सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्यायले गरेका थिए । कार्यक्रम सञ्चलन कम्पनीका कर्मचारी अनिस रन्जीतले गरेका थिए । कार्यक्रममा वडा नं. १२ का जनप्रतिनिधि, बिद्यालय व्यवस्थापन समितिका सदस्य, स्थानिय बासिन्दा, सो बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थी र सानिमा जिआईसी इन्स्योरेन्सका कर्मचारी सहितको उपस्थीति रहेको थियो । सोही दिन दोस्रो कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १० कुडँहरमा रहेको कुडँहर आधारभुत बिद्यालयमा एक लाख रुपैयाँ बराबरको बिद्यालयलाई आवश्यक विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो । उक्त बिद्यालयमा रहेका बिशेष क्षमता भएका बिद्यार्थीहरुलाई मध्यनजर गरेर सामाग्री हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष राजेश गुरुङ, विशेष अतिथि नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्र, अतिथिहरुमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता तिमिल्सेना, प्रधान अध्यापक नन्द किशोर बराल थिए । कार्यक्रमको सभा अध्यक्ष सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायले गरेका थिए भने कार्यक्रम सञ्चालन कम्पनीका कर्मचारी अनिस रन्जीतले गरेका थिए । उक्त कार्यक्रममा वडा नं. १० का जनप्रतिनिधि, बिद्यालय व्यवस्थापन समितिका सदस्य, स्थानिय बासिन्दा, सो बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थी र सानिमा जि आईसी इन्स्योरेन्स लिमिटेडका कर्मचारी सहितको उपस्थीति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा अन्य वक्ताहरुले आफनो अमुल्य राय तथा सुझावमा यस्ता खालका कार्यक्रमहरुले निम्न आय तथा फरक क्षमता भएका विद्यार्थीहरुको क्षमता अभिबृद्धिमा समेत सकारात्मक प्रभाव पार्ने भन्दैकार्यक्रमको सफलताको शुभकामना दिए । तेस्रो कार्यक्रम अन्र्तगत पोखरा महानगरपालिका वडा नं. ३२ मा रहेको चन्द्रज्योति आधारभुत बिद्यालयमा एक लाख रकम बराबरको बिद्यालयलाइ आवश्यक बिभिन्न खेलकुद सामाग्री हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ३२ का वडा सदस्य तिर्थ बहादुर सुयल, विशेष अतिथि नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्र, अतिथिहरुमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारयण प्रसाद पाण्डे, प्रधान अध्यापक ढुन्डीराज पौडेल र निप्स पोखरा च्याप्टरका अध्यक्ष बद्रिनाथ पौडेल थिए । उक्त कार्यक्रमको सभा अध्यक्ष सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्यायले गरेका थिए । कार्यक्रममा वडा नं. ३२ का जनप्रतिनिधि, बिद्यालय व्यवस्थापन समितिका सदस्य, स्थानिय, बासिन्दा, सो विद्यालयमा अध्ययन गर्ने बिध्यार्थि र सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका कर्मचारी सहितको उपस्थीति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *