सदगुरुमा नमन
५० बर्ष अघि अरनिको
मा.बि. गाम्चामा पढाउँनु
भएका हाम्रा आदरणिय
गुरु रबिराम अर्यालसँग
आज गुरु पुर्णिमका
दिन आशिर्वाद लिने
मौका पाईयो ।
गुरु ब्रम्हा गुरु बिष्णु
गुरु देव महेश्वर
गुरु साक्षात परब्रम्हा
तस्मैश्री गुरवे नमः ।
हाम्रा गुरुको
आगंन आईयो
धेरैपछिको
दर्शन पाईयो ।१
खुसि छौ हामि
गुरुलाई भेटेर
भुल्या छौं दुख
मनले मेटेर ।२
बाला पनमा
पढ्दै गईयो
पत्तै भएन
बुढो भईयो ।३
गुरु जनलाई
सम्झना गरि
माया ममता
लिई मनभरी ।४
आएका हामी
खुसि हर्षमा
दर्शन पायौं
सटचालिस बर्षमा ।५
चिन्छौ चिन्दैनौ
हेर हाम्रो गति
बालापनको
सुध्रियो मति ।६
उमेरले नेटो
काटि गएछौं
तिमी हेर्दा हामि
बुढो भएछौं।७
तिम्रा शरीर
अझै कसिलो
हाम्रा शरीर
छैन रसिलो।८
तिम्रा अगाडि
के गर्नु बयान
भैसके हाम्रा
धमिला नयन । ९
देख्दा तिमिले
चेला छन् बाठो
तिम्रा रहेछन्
कनक टाँठो ।१०
देख्छु हिम्मत
अझै गतिलो
हाम्रा हिम्मत
छैन फुर्तिलो ।११
तेजिलो देख्छु
तिम्रो मुहार
सधैं अडिग हौ
गर्छौं पुकार ।१२

तिम्रा पबित्र
मनले रोजेको
मिल्यो नि दर्शन
हामिले खोजेको ।१३
नपढ्दा ल्याउंथ्यौ
अघि तानेर
कुट्थ्यौ तिमिले
लठ्ठि हानेर ।१४
उ बेला हाम्रो
बुद्धि भएन
बालापनको
जरजर गएन ।१५
बोल्नै नहुने
जाईलाग्थौ कुट्न
रमाउथ्यौं हामी
तिमिसङ्ग छुट्न ।१६
लड्दै र पढ्दै
उमेर भारी
भयौ नि साथि
वारि र पारी।१७
नपढ्ने हामी
दामल एउटै
गुरुलाई मान्छौ
अहिले देउतै ।१८
गुरुपुर्णिमा
आज परेको
गुरुको दर्शन
गर्न झरेको ।१९
समय हाम्रो
लिला र बिला
खुसिको दर्शन
भयोनि ढिला ।२०
गुरुका दिनहरु
सहज होस्
सुस्वास्थ्य जीवन
सफल बनोस् ।२१

जानि नजानि
कलम कोरें
गल्ति भुलमा
दुई हात जोडें ।२२
भोग र तिर्खा
गर्यौ सामना
गुरु दम्पति
शुभकामना ।२३
फलोस् फुलोस्
हाम्रो चाहाना
दिर्घायु जीवनको
शुभकामना ।२४