नेपालको कानून
नेपालको कानून कस्तो छ, भनि संसारले बुझ्या छैन
स्याल थुन्ने खोर भएतापनि बाघ थुन्ने खोर बन्या छैन
बिश्वमा नै फरक कानून छ यो संसारले देख्या छैन
हार्नेको जित जित्नेको हार अरु देशमा कही भाकै छैन
धनिलाई चयन गरीबलाई ऐन नेपालमा लागु भएकै छ
नेताको झिंगा धपाउनेको पनि चुरिफुरी यहाँ बढेकै छ
नेताको पेट पहिलेको भन्दा धेरै नै बढिरहेको छ
ए सोझा साझा जनता उठ बसिलाले ताछी मिलाउनु पर्छ
बैज्ञानिक शिक्षा,जनमुखी संविधान ल्याउँछौ भनेथे जनतन्त्र
बकमफुसे कुरा गर्नेहरुले ब्युताउँने भो त्यै राजतन्त्र
भिमसेन थापाको आत्मदब्याले धरहरा भाँची गयो
मदन भण्डारी मरीगए पनि दासढुंगा सम्झि रहयो ।