दाजुको जीवनले गरेको अस्पतालको असहज यात्रा !
पञ्चायती व्यवस्था,केही पञ्चहरु भ्रष्ट थिए तर व्यवस्थाले् समाजबाद र पूँजीवादको मिश्रित व्यवस्था जसलाई लोककल्याणकारी व्यवस्था भनेर भन्ने गरिन्थ्यो । हामी औषधी उपचार गर्न विराटनगरको कोशी अञ्चल अस्पतालमा जाने गथ्यौँ । त्यहाँ उपचार नभए धरानको घोपा क्याम्प(हालको वीपीकेआईएचएस) मा जाने गरिन्थ्यो । कोशी अञ्चल अस्पतालमा अञ्जनाी कुमार शर्मा,डम्बर बहादुर कार्की,लोकविक्रम–जुनु थापा,इन्द्रकुमार मल्लिक,ज्ञानेन्द्र गिरी,असर्फी साह लगायतका नाम चलेका चिकित्सकहरु उपचार गर्नुहुन्थ्यो । खै रोग निको हुन्थयो । बहुदल आएपछि सरकारी स्वास्थ्य निकाय ध्वस्त भयो,निजी फस्टाए । यसपाली साइलो दाजु नवराज बरालको एक्कासी स्वास्थ्यमा खरावी देखापरेपछि उपचारको क्रममा जे अनुभव भयो,अरुलाईपनि थाहा होस भनेर प्रस्तुत गरेको छु । आषाढ १८ गते ज्वरो सहित पिशाव पहेलोँ भएपछि चालक मिनकुमार तामाङ्गलाई लिएर निष्लोठ ज्वरो सहित पुरानो बानेश्वर स्थित फ्रण्ट लाईन अस्पताल जानु भएछ । उहाँ नर्भस र मिनकुमारलाई फोन थाहा नभएपछि अरुलाई खवर पछिमात्र गरेछन । डा.सुधांशु जोशीले कलेजोका जाँच गर्दा कलेजो ठीक भएपनि पिशाव संक्रमण भएकाले सोझै एण्टीवाईटिक लेख्नु भएको रहेछ । भक्तपुर सूर्यविनायक नयाँ ठिमीमा बस्ने हामीले १९ गते थाहा पाएर उहाँको बसोबास स्थल मैजुबहाल गौरीनगरमा गयौँ,पिशावको कल्चर गरेको भनेर सोधेँ,गरेको देखिएन । पिशावमा फ्रण्टलाइनले चिनी जाँच गरेको पाइएन,अल्ट्रा साउण्ड त गर्नु भयो तर प्रोस्टेटको जाँच गर्नु भएन बरु फियोको जाँच गर्नु भएछ । डा.जोशीले रगत कमी भएकाले सो सम्बन्धी अर्का डाक्टरलाई सिफारिस गर्नु भएकाले त्यही अस्पतालका डा.अस्मित कार्कीलाई देखाइयो । मैले चीनी,पिशाव कल्चरको कुरा पनि राखेपछि उहाँ सहमत भएर पिशाव कल्चर सहित चिनी बढेर पनि पिसाबसंक्रमित हुन सक्छ भनेर इण्डोक्राइनो सम्बन्धी त्यहीका अर्का चिकित्सकलाई देखाउन भन्नु भयो । दाजुले ललितपुरस्थित डा.अंशुमाली जोशीको क्लिनिकमा देखाएर आफैँले विना औषधी चिनी नियन्त्रण गरेको जानकारी दिनुभयो । इण्डोक्राइनो सम्बन्धी डा.सुमन बराल पनि त्यही कार्यरत छन रे भन्ने पछि सुनियो ।

तर पिशाव दिएर घर फर्केपछि ज्वरो आई नै रह्यो,पिडुला,पैताला,मुख समेत सुनियो । १९ बेलुका सिन्धुली गोलाञ्जोर–६ घोकशिलाबाट भतिज मात्रिका बराल मलाई पालो दिन गौरीघाट आइपुगे,दाजुका चिकित्सक,नर्श समेत भएका छोरा छोरी ज्वाई सवै अष्ट्रेलीया–अमेरिका,हाम्रा मावली दुम्जाका कोइराला भएकाले दाजुका गौरीनगर छिमेकि सिन्धुली दुम्जाका देवेन्द्रकोइरालाले विरामी कुर्न आफु बस्ने भएकाले भन्न असजिलो नहुनु भन्दै जाउलो समेत पकाएर ल्याउनु हुन्थ्यो । २० गते घोकशिला विकाश समाज लगायत परिवार वृतका सदस्यहरु आउन थाल्नु भयो । विहान विराटनगर टोलबासी तथा पुराना दाजु मित्र तथा नेपाल सरकारका पूर्व उपसचिव ध्रुवराज ब्रँह्मणसँग गौरीघाटमा भेट भयो र स्थिति बताएँ ।भोलिपल्ट दाजु सहित वनका चार भाई भनेर परिचित नेपाल सरकारले देहरादुन पढ्न पठाएदेखी बन मन्त्रालयमा जागिर खाएर डिएफओ,निर्देशक हुँदासम्म पनि अति मिल्ने साथीहरु शिव शर्मा,गोपाल शेरचन,ध्रुव आचार्य(पूर्व सहसचिव द्वारिका आचार्यज्यूको सहोदर दाज्यु) आउनु भयो । शिव शर्माले हैम्समा इण्टरनल मेडिसिन डा.देवेन्द्र भट्टराईकोमा नाम दर्ता गरिसक्नु भएको रहेछ । उहाँले चिनी र रगत जाँच्न भन्नु हुँदै दाजुको अचेत अवस्था र बढी हिच्की आएको अवस्था हेरेर टाउकोको एमआरआई गर्न सिफारिस गर्नु भयो । न्यूरोलोजिष्ट डा.कृष्ण ढुङ्गाना समक्ष फेरि अर्को पुर्जि काटेर गयौँ । अरुले पनि यो एमआरआई नगरौँ भनेर जिद्धी गर्नु भयो । यूरिनमा संक्रमण भएपछि रोगीको मनोस्थिति परिवर्तन भएर अचेत समेत हुने भनेर सुनेको आधारमा कुरा राखेकोमा हिच्की आएको र विरामी कामेकाले नशामा पनि गडबड हुन सक्ने भनेर डा.ढुङ्गाना र भट्टराईले गर्नुपर्छ भन्नु भयो । रगत दिन २ दिन हैम्समा गएपछि त्यसै वीचमा नाति बादल बरालले निःशुल्क रुपमा वानेश्वरको प्रसिद्ध अर्को निजी प्रयोगशालाले डेङ्गु सहित पुरै रगत जाँच गरेपछि सोडियम र पोटासियम कमि भएको देखियो जुन मुख र गोडा सुनिएको कारण हुन सक्ने अनुमानसम्म गरियो ।

तेश्रो दिन प्रसिद्ध चिकित्सक प्रा.अर्जुन कार्की समक्ष दाजुका जेठानहरु डा.विपिन तथा प्रा.नविन अधिकारीले समस्या राख्नु भयो । त्यसपछि डा.भट्टराई,डा.ढुङ्गानालाई देखाइयो । चिनी बढेको कुरा देखियो तर सोडयम र पोटासियमको परिक्षण उहँहरुले नगरेकोमा वानेश्वरको निजी प्रयोगशालालाई आधार मानेर गोडा मुख सुनिएको सोडियमको कमीले हुन सक्ने ठहर गर्नु भयो । उहाँहरुले हामीले कुनै कुरा नगरेपनि आफैँले एमआरआई गर्नु परेको कारण बताउनु भयो ,सायद हामी एमआरआईप्रति सहमत थिएनौँ की भन्ने मनोविज्ञान हाम्रा्े बुझेर होला । अर्जुन कार्की सरको सल्लाह अनुसार युरोलोजिष्ट आवर्त जोशीले हेर्नु भयो,र कल्चरमा इकोली फेला परेपछि चिकित्सकको हडताल भएपनि बाहिर नै अर्को औषधी लेखेर फ्रण्ट लाइन्को औषधी नखान भन्नु भयो । भोलीपल्ट ज्वरो आउन बन्द भएपनि दाजु ध्रुव आचार्यको सल्लाह अनुशार आषाढ २५ गते गौरीघाटबाट १० किमिभन्दा बढी स्वयंभु ठूलो भ¥याङ्गस्थित मनमोहन मेमोरियलमेडिकल कलेज तथा शिक्षण अस्पताल लगियो र भर्ना गरियो । उक्त अस्पतालमा प्रमुख प्रो.डा.नत्सु शर्मा सहित डा.युवराज सिम्खडा सहितका टिमले राम्रो उपचार गर्नु भयो । हरेराम कोइराला देखी अरु रुले समेत उपचारमा चासो राख्नु भयो । दुखैले धानिएको कुनै तामझाम नभएको तर राम्रो उपचार हुने रहेछ त्यहाँ । सवै कर्मचारीमा सामुहिक भावना भएको पाइयो । सरसफाई, फोहर व्यवस्थापन सहित पढाई पनि राम्रो रहेछ । प्रमुख नत्सुशर्मा सहितको व्यवस्थापन समुहलाई धन्यवाद दिएर २९ गते घर फर्केर्औँ ।मनमोहन अधिकारी समेत थुप्रै नेताहरु बस्नु भएको विराटनगरको हाम्रा् घरको वि.सं.२०३२ साल देखिको सालको बेञ्च पुरानो भएर मर्मत गरेपछि निलो रङ्ग लाएका थिर्यौँ र मनमोहन अस्पतालको बेञ्चपनि निलै रङ्गले पोतिएको देखेँपछि घरको मनमोहन बसेको र मनमोहनको नाममा खुलेको अस्पतालको बेञ्चको रङ्ग एकै भएकाले संयोग मिलेको ठानेर तस्वीर लिएँ ।

एक किमि पर स्वयंभूको स्तुपा हेर्दा विरामीले शान्तिको महसुश गर्ने रहेछन । मनमोहन अस्पतालको छतबाट मैले पनि स्वयंभू सहितको तस्वीर लिएँ । धादिङ्गका केदार तिमल्सिनासँग म पनि कुरुवा बसेँ–रोग निको हुँदै गर्दा ढुक्क हुनुभएर रातो ओढने ओढेर मनमोहन मेमोरियल अस्पतालको वेडमा निदाउनु भएको नवराज दाजुले वि.सं २०४३ सालमा बुबा त्रिविवि शिक्षण अस्पतालमा महिनौँ दिन बस्नु हुँदा बेडमा रातो ओढने ओडेर निदाएको बेला उहाँले खिच्नु भएको तस्वीरको सम्झना हुँदा मैले पनि दाजुको एउटा तस्वीर लिएँ र केदारजीलाई पुरानाकुराबारे बताएँ । डाइटीसियन विराटनगर कञ्चनबारी निवासी सुनन्ता लक्ष्मी रेग्मीले आहार तालिका बनाईदिनु भयो । मनमोहन अस्पतालमा धादिङ्गका साहुहरुको लगानी बढी छ रे भन्ने सुनेँ,उपचारमा अधिकांश प्रतिशत धादिङ्गबाट आउने रहेछन,रामकोट,नैकाप,नुवाकोट,चन्द्रागीरी बाट समेत विरामी आउने कलङ्की क्षेत्रको यो अशिक्षण अस्पतालमा बहुमुखी सवेवा उपलब्ध भएकाले मेची देखी मशहाकाली सम्मका विधार्थीहरु पनि पढने गरेका छन भन्ने सुनियो । थानकोट कलङ्की क्षेत्रको यो अस्पताल पहिलो रोजाइमा रहेछ ।

अनुभवि,दक्ष,बिशेषज्ञ चिकित्सकहरुले भरिएका नीजि अस्पतालले रोगीलाई प्रयोग गरेर–एकै पटकको परीक्षणबाट हुने कामलाई पटक पटक गर्न लाएर,अस्पताल हरेक दिन धाउन वाध्य पारेर,कोठा कोठा चाहर्न लाएर अध्ययन अनुसन्धान हैन उपचार गहिरोसँग गरेर अध्यन अनुसन्धान गर्नुपर्छ र गरिवले उपचार नपाएर अकालमा मर्नुपर्ने अवस्थाको सिर्जना नहोस भन्ने चाहिँ सुझाव दिन्छु र मनका केही गुनाशाहरुलाई विर्सेर शिक्षा र स्वास्थ्यलाई उदारवाद र नवउदारवादले कहाँसम्म पु¥याउने होला ? भनेर चिन्ता गर्नुपर्ने अवस्था र छोराछोरीलाई स्वदेशमा गरिखाने वातावरण नभएर विदेशीन बाँध्य पार्दै नेपालमा बाबुआमालाई पीआर पायौँ भनेर पभत्र पीर बोकेर बाहिर खुशी साटन परिस्थितीको अन्त्य होस् !
(तस्वीर सौजन्यः सवै लेखकबाट) ।