अरनिको राजमार्ग अवरुद्ध
काठमाडौं । सिन्धुपाल्चोक अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको हो । आज बिहान ५ बजे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, दश किलोस्थित अरनिको राजमार्गमा वर्षाका सडक माथिबाट लेदोसहितको पहिरो आउँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएसँगै सयौँ सवारीसाधन रोकिएका छन् ।