असन्तुष्ट पक्षलाई खबरै नगरी राप्रपाको भेला

काठमाडौँ । पार्टीभित्र विवाद र अन्तरद्वन्द्व चर्किँदै गएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई मजबुत पार्न आन्तरिक कसरत सुरु गरेका छन् ।

उनले आज काठमाडौँको एक होटलमा एउटा अनौपचारिक बैठक राखेका छन्, जसमा असन्तुष्ट पक्षका नेताहरूलाई खबर गरिएको छैन । लिङदेनले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै महामन्त्री डा‍‍. धवलशम्शेर राणा नेतृत्वको समूहले प्रतिवाद जारी राखेपछि संस्थापन पक्षको रणनीति तय गर्न भेला बोलाइएको हो । संस्थापन पक्षका एक नेताका अनुसार काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूलाई भेलामा बोलाइएको छ । खुलेर डा. राणाको गुटमा लागेकाहरूलाई भने खबर गरिएको छैन ।

ती नेताले भने, ‘निर्वाचन आयोग धाउने र नेतृत्वविरुद्ध वक्तव्यबाजी गरिरहेका १०–१५ जनाबाहेक सबैलाई खबर गरिएको छ ।’आज दिउसो ३ बजेबाट भेला सुरु हुने बताइएको छ ।अध्यक्ष लिङदेनले संस्थापन इतर पक्षका नेताहरूलाई छानिछानी कारवाही गर्न थालेपछि राप्रपाभित्र अन्तरद्वन्द्व चर्किएको छ । इतर पक्षले सामूहिकरुपमा नै अध्यक्षविरुद्ध जेहाद छेडिरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *