हरीॐ योग

हरी ॐ हरी ॐ
हरी ॐ हरी
जीवन स्वस्थ रहे
हुन्न कठैबरी । १।।

मन मुटु सजाउँ
योग गरेर
हृदयको भावमा
दिल भरेर।२

लोभ लालच नगर्नु
ध्यान दिनु रोगमा
पैसाको बिटोले
पार्ला शोकमा ।३।।

भौतारी हिड्नु छ
रोग लाग्दामा
योगध्यान खुसिमा
शोक भाग्दामा ।४

आफनोे जीवन आफैले
ख्याल गर्नुछ
चैतन्य चोला हाम्रो
पार तर्नुछ ।५

छोरा छोरी नातिहरु
सेवक भए पनि
भवसागर तरिदैन
ज्यानै छैन भनि ।६

हाम्रा लागि योग ध्यान
उच्च बिचार
मनको मैलो हटाई
बनौ सदाचार ।७

ईन्द्रियले काम गरोस्
तन नभुलोस्
आत्मज्ञान सफेदि होस्
मन नडुलोस ।८

हृदयको प्रेमभाव
मन आस्तिष्क
बस्नु पर्छ सदाचारी
बनी नाष्तिष्क ।९
योग गरी बनौ हामि
अब सचेतना
मन भित्रको हृदयले
खुल्छ बेदना ।१०।।

तिम्रो हाम्रो सोच विचार
फरक नपरोस्
निरोगि भै बाँच्नुपर्छ
मन नमरोस् ।।११

हाँसखेलमा बिताउँ जिवन
रहर हैन बाध्य
योगभ्यास आनन्दिमन
भनि छैन साध्य ।।१२

उमेरले छेकिदैन
योग गर्नलाई
स्वच्छ भाव नियति
सधैं भर्नलाई ।१३

अगम्य छ मलाई माया
सधैं स्विकार्द छु
मुस्कुराई दैलो पस्नुस
बिन्ति पुकार्दछु ।१४
बाटो मेरो बिरीदैन
योग प्रति मायाँ
स्वच्छ भाव स्वतन्त्रता
दिल भित्रको छायाँ ।१५

बगि रहोस् गण्डकिको
सङलो पानी जस्तो
भेदभाव नगर है
रुन्छ मन कस्तो ।१६

हरी ॐ हरी ॐ
हरी ॐ हरी
जीवन स्वस्थ रहे
हुन्न कठैबरी।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *