पशुपति आर्यघाटमा जलाउन ल्याइएको शवबाट मासु र हड्डी निकालिएको घटनामा एक जना पक्राउ
काठमाडौं । पशुपति आर्यघाटमा जलाउन ल्याइएको शवबाट मासु र हड्डी निकालिएको घटनामा एक जना पक्राउ परेका छन् । घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।
पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुलदीप चन्दले जानकारी दिए । उनी प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको र अनुसन्धान प्रक्रिया अघि बढिरहेको छ । घटना काभ्रेको बनेपा नगरपालिका ९ का राम शाहीको शवसँग सम्बन्धित छ । शवबाट मासु र हड्डी निकालिएको आरोप आफन्तले लगाएका थिए ।
आफन्तको उजुरीका आधारमा उक्त ब्राम्हणलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मासु र हड्डी बेचिएको भनिएको भए पनि कसले किन्यो र कतिमा बेचिएको हो भन्ने कुरा अहिलेसम्म स्पष्ट हुन सकेको छैन । यस घटनाप्रति सम्बन्धित निकायले कडाइका साथ अनुसन्धान गरिरहेको बताइएको छ ।