जनताले खानुपर्ने खानेपानिमा राजनिती नहोस्

बालकोट खानेपानी समितिका ८२ वर्षिय अध्यक्ष पानी पिता रामभक्त माडि श्रेष्ठसँग खानेपानि कार्यालय बालकोटमा पुगेर उहाँसँग जिवनको दुख सुखका
कुराकानि ।

नमस्कार दाइ ?

गुरु नमस्कार

दाइ आराम हुनुहुन्छ ?

उमेरले गार्हो छ तै पनि ठिक्कै छु ।

आफ्ने बाल्यकालदेखिका कुरा, पढाइ र दुखसुखका कुरा बताई दिनुस् न ?

तपाईले राम्रो प्रश्न सोध्नु भयो । त्यतिखेर यति दुख थियो भनेर साध्यै थिएन । खान राम्रो थिएन । जसरि भए पनि टन्न खान खोज्थ्यौं । आमाले पानिरोटि पकाउनु हुन्थ्यो । नपुगेमा पानी बढि थपेर बाढ्नु हुन्थ्यो । एकसरो लुगा हुन्थ्यो । खालि खुट्टा हिड्नु पर्थ्यो । अन्न उव्जाउ कम हुन्थ्यो।त्यहिपनि धेरै तल्छिङले लगि हाल्थ्यो । पढ्न जान पाईदैन थियो । कालिमाटि खनेर लैजानु पथ्र्यो। सधैभरी काम भन्दा अरु केही हुदैन थियो । पढ्ने त धेरै गार्हो थियो । दुखका कुरा अहिले सम्झदा रुन मन लाग्छ । तपाईको बा लाई हाम्रो कस्तोअवस्था थियो सबै देख्नु भाको थियो । तपाईको बाले हामिलाई धेरै मायाँ गर्नु हुन्थ्यो । अहिले हाम्रा छोरा छोरी हामिले दुख गरेको बुझ्दैनन् । त्यसै हामि यस्ता भईयो भन ठान्छन् ।

अफिस कति बजे कसरी आउनु हुन्छ ?

नातिले ल्याई दिन्छ। ४,५ घण्टा बस्छु । समय पनि कट्छ । अनि लिन आउँछन जान्छु ।

बालकोट खानेपानि कसरी चलेको छ । कर्मचारी र यहाँको उमेर अन्तरले अलि मेल खादैंन कि ?

अलि गार्हो छ बाबु मेरो उमेरले गर्दा सोच फरक हुन्छ ।कर्मचारी नयाँ सोचले अगाडि बढ्न खोज्छन्। भन्नू पर्दा नटेरेको भान मलाई हुन्छ । अब छिट्टै नयाँ समिति आउनका लागि धेरै अनुरोध गरिसकें । वडा प्रतिनिधिज्यूहरुलाई पनि मैले धेरैपटक अनुरोध गर्दा पनि सुनुवाई भएको छैन। २०४० सालदेखि मैले यस खानेपानि समितिमा सेवा गरेर बसेको हो । गत वर्ष सम्म ५५ सय धारा जडान भएको थियो हाल अलि बढेको छ । सुनपा २ र ३ मा रहेको ट्याङ्कीबाट समय तालिका मिलाएर पानी बितरण गरीएको छ ।जे गर्दापनि सजिलो छैन । सेवाग्राहि आएर गुनासो गर्नुहुन्छ । सक्दो सेवा दिएका छौ। अब यसपालि त साधारण सभामा पक्कै नयाँ समिति चयन हुन्छ होला ।

तपाईले गाउँमा बिद्यालय खोल्नमा ठूलो योगदान छ, यसलाई बिस्तृत पारीदिनु न ?

२०३६ सालको कुरा हो । मेरा गाउँवासि अन्य मित्रहरु पनि हुनुहुन्थ्यो । स्कुलका लागि जग्गा दिन मैले आग्रह गरे र मेरै पहलमा प्रा. बि खडा गरियो । राम्रो चलिरहेको थियो, समय परस्थितिले गर्दा मानिसहरु बोडिङ्गतर्फ आकर्षण भएकोले स्कुल बन्द भयो । हाल उक्त स्थानमा ३ नं वडा कार्यालय रहेको छ ।यसमा पनि सायद मैले बढि पहल नगरेको भए स्कुल स्थापना हुदैन थियो । जे भएनि अहिले खुसि लाग्छ । यसको देन भन्छन् ।

अब तपाईले जनतालाई के भन्नू हुन्छ ?

मैले जनताको धेरै मायाँ पाई आजसम्म सेवा गर्ने मौका पाईरहेको छु । यस समितिमा जसको नेतृत्व भएता पनि अथवा जनप्रतिनधिहरुबाट सञ्चालन भएता पनि जनताले खानुपर्ने खानेपानिमा राजनिती नहोस् । पार्टीको हिस्सामा नलागोस् । जनतालाई माया गर्नुस् यहि भन्न चाहान्छु ।

अन्त्यमा अब भाद्र १५ गते ८२ बर्ष पूरा हुनु हुदैं रहेछ । यहाँको सुस्वास्थ्य एवं दिर्घायुको कामना गर्दछु । साथै मैले पनि यहाँसँग आशिर्वाद थाप्न पाए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *