रिलायबल नेपाल लाइफ आठौं वर्षमा प्रवेश
काठमाडौं । २०७४ साल आजकै दिन अर्थात भदौ १५ गतेबाट औपचारिक कारोबार सुरु गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आठौं वर्षमा प्रवेश गरेको छ । आठौं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता जनाएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ कम्पनीको रुपमा २०७४ साल भदौ १५ गतेदेखि सुरु गरेको थियो । पछिल्लो पुस्ताको जीवन बीमा कम्पनीको रुपमा सञ्चालनमा आएको कम्पनीले जीवन बीमाको क्षेत्रमा देशका कुना काप्चामा पुगेर आम सर्वसाधारणलाई सहज र सरल रुपमा जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । बार्षिकोत्सवको अवसर पारेर कम्पनीले ग्राहक र लगानीकर्ताको विश्वास र साथ पाएकै कारण आजको सफलता हासिल गरेको उल्लेख गर्दै सबैमा हार्दिक आभार व्यक्त गरेको छ । गौरवपूर्ण सात वर्ष पुरा गरी आठौं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले जारी गरेको शुभकामना सन्देशमा अत्याधुनिक र विश्वसनीय जीवन बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ । साथै आगामी कैयौं वर्षहरुसम्म बीमित र परिवारको साथमा रहेर जोखिम बहन गरिरहने उल्लेख छ । कम्पनीले अभिकर्ताहरुले देशका विभिन्न स्थानमा रहेका नेपाली नागरिकहरुको बीमा गरी सात वर्षको अवधिमा लाखौ मानिसको जीवन रक्षावरण गर्न सफल भएका छन् । बार्षिकोत्सवकै अवसरमा रिलायबल नेपाल लाइफले नियामक निकाय, कर्मचारी तथा बीमा अभिकर्ताहरुलाई कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा अझै बढि लाभ प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको छ । सात वर्षकै अवधीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ । सातै प्रदेशमा शाखा सञ्जाल, देशैभरि हजारौं सक्रिय बीमा अभिकर्तामार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले आठौं वार्षिकोत्सवको अवसरमा नियामक निकाय बीमा प्राधिकरण, सञ्चालक, शेयरधनी, कर्मचारी, अभिकर्ता तथा आम बीमितहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले कम्पनीका सम्पूर्ण वित्तीय सूचांकहरु एकदमै बलिया रहेका र आउँदो दिनमा अझै बलियो बीमा कम्पनीका रुपमा स्थापित हुने प्रतिवद्धता जनाएका छन् । रिलाबयल नेपाल लाइफ इन्स्योरेन्सले छोटो अवधिमा नै आफ्ना वित्तीय सूचांकहरुमा पनि उल्लेख्य बृद्धि गरेको छ । कम्पनीले गत आवको असार मसान्तसम्मको अवधिमा ४७ प्रतिशतले खुद नाफा बढाएको छ ।
कुल बीमा व्यवसायका साथै कम्पनीले १३ अर्ब ५७ करोड रुपैयाँको जीवन बीमा कोष समेत खडा गरेको छ । हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नारायणबाबु लोहनी रहेका छन् । उनले कुशलतापूर्वक कम्पनीलाई प्रगतिपथमा अघि बढाउन सफल भएका छन् । उदय नेपाली श्रेष्ठ अध्यक्ष रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा अन्जु पाण्डे पन्त, इन्द्र प्रसाद शर्मा, शरद चन्द्र पौडेल, प्रकाश भट्टराई, डा। भिष्म कार्की र दिबेश लोहनी सञ्चालक रहेका छन् ।साथै, कम्पनीको डेपुटी सिईओमा दिपेशबाबु तिवारी, एसिस्टेन्ट जनरल म्यानेजरमा शैलेन्द्र श्रेष्ठ, ट्रेनिङ, रिसर्च एण्ड डेभलपमेन्ट हेडमा युवराज शर्मा, चिफ मार्केटिङ–अन्डरराईटिङमा कल्यान राज हल्वाई र चिफ म्यानेजर सेल्समा प्रकाश कुमार धिताल रहेका छन् । अनुभवि र क्षमतावान कर्मचारीहरुको नतृत्वमा रिलायवल नेपाल लाइफले सफलताको शिखर चुमिरहेको छ । देशैभरि हजारौं बीमा अभिकर्ता, एजेन्सी रहेका कम्पनीले दुर दराजमा पुगेर जीवन बीमा तथा लघु जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।