भाटभटेनीको उपहार योजना– दुईवटा टाटा पन्च ईभी र १६ वटा स्कुटर
काठमाडौं । भाटभटेनी सुपरस्टोरले उपहार योजना सार्वजनिक गरेको छ । असोज ६ गतेदेखि पुस १७ गतेसम्म भाटभटेनीका कुनै पनि स्टोरमा सामग्री खरिद गर्दा विशेष उपहार प्राप्त गर्न सकिनेछ । चाडबाडको अवसरमा यस्तो योजना सार्वजनिक गरेको भाटभटेनीले जनाएको छ । जसमध्ये भाटभटेनीले दुईवटा पन्च ईभी र १६ वटा टीभीयस जुपिटर स्कुटर उपहार योजनामा समावेश गरेको छ । २५ सय भन्दा बढीको किनमेलमा एउटा टाटा पन्च ईभी प्राप्त हुन सक्नेछ भने नेपालकै क्युआर प्रयोग गर्दा १६ वटा जुपिटर र अर्को टाटा पन्च ईभी प्राप्त गर्न सकिने योजना सार्वजनिक भएको छ । ग्राहकबीच गोलाप्रथाद्वारा उपहार प्रदान गरिनेछ ।