सभामुखले थाले दलहरुसँग छलफल

काठमाडौंं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेका सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल सुरु गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर अदालत जाने पक्षमा देखिएका सभामुख घिमिरेले संसद् पुनर्स्थापनाका विषयमा दलहरूसँग छलफल सुरु गरेका छन् । घिमिरेले छलफलका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) छन् । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) , जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टीलाई उनले छलफलमा बोलाएका थिए ।

रास्वपालगायत केही दलका प्रतिनिधि छलफलमा सहभागी भएका छैनन् । राष्ट्रिय जनर्मोचा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र आमजनता पार्टीलाई भने बोलाइएको छैन । प्रतिनिधिसभा विघटन हुनुअघिका प्रमुख सचेतकहरूलाई सभामुखले बोलाएका हुन् । संसद् पुनर्स्थापनाको माग लिएर सभामुख सर्वोच्च जानुपर्छ कि पर्दैन भन्ने विषयमा छलफल सुरु भएको छ । सभामुख घिमिरेले दलहरूलाई संसद् विघटनका विषयमा पार्टीको आधिकारिक धारणा लिएर आउन आग्रह गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *