तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब

काठमाडौं । सीजी इलेक्क्ट्रोनिक्सकले चाडपर्वको अवसरमा आफ्नो नयाँ अभियान ‘उज्यालो भनेकै सीजी एलईडी’ सार्वजनिक गरेको छ। यो अभियानको उद्देश्य नेपाली घर–घरमा उज्यालोसँगै ऊर्जा र उमंग पुर्‍याउनु रहेको कम्पनीको भनाइ छ। ‘सीजी एलईडीलाई फास्ट मुभिङ्ग इलेक्ट्रिक गुड्सको रूपमा प्रस्तुत गरिएको छ, जसले घरलाई अझ उज्यालो र आकर्षक बनाउनेछ’ कम्पनीले भनेको छ । २४ महिनाको वारेन्टीसहित बजारमा उपलब्ध सीजी एलईडी बल्ब, ट्युबलाइट, प्यानल लाइट, फ्लड लाइट, स्ट्रिट लाइट, ब्याटेन लाइट र विभिन्न रंगका डेकोरेटिभ बल्ब उपलब्ध छन् ।

चाडपर्वको माहोलमा परिवारका साथ घर–परिवार उज्यालो बनाउने सन्देशसहित यो अभियान सुरु गरिएको सीजीले जनाएको छ। आधुनिक डिजाइन, ऊर्जा बचत र लामो आयुका कारण सीजी एलईडी उत्पादनले बजारमा बलियो स्थान बनाउन सफल भएका छन् । सीजी इलेक्ट्रोनिक्सका नेसनल सेल्स हेड मदन खनालले सीजी एलईडीले केवल उज्यालो मात्र नभई, नेपाली घरको हरेक कुनामा खुसी र ताजगी ल्याउने बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *