नेपाल लाइफका वरिष्ठ एजेन्सी म्यानेजर रामकृष्ण कार्की सन् २०२६ को एमडीआरटी बन्न सफल
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका वरिष्ठ एजेन्सी म्यानेजर रामकृष्ण कार्की सन् २०२६ को एमडीआरटी बन्न सफल भएका छन् । कम्पनीको पर्सा शाखा कार्यालयम आवद्ध भई बीमा व्यवसाय गरीरहेका कार्की सन् २०२० देखि लगातार एमडीआरटी बन्दै आएका हुन् ।
साथै उनी २०२३ मा कम्पनीको प्रथम सीओटी बन्न समेत सफल भएका थिए । नेपाल प्रहरीका पूर्ब प्रहरी नायब निरीक्षक समेत रहेका कार्कीले बीमा क्षेत्रमा आफ्नो उत्कृष्ट अभिकर्ताको परिचय बनाउन सफल भएका छन् । उनी नेपाली समुदायमा रहेका दुःखी, गरिव, बेसाहारालाई निकै सहयोग गर्दै आएका समाजसेवी व्यक्ति हुन् ।