लक्ष्मी सनराइज क्यापिटलद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा डाकेको हो । सभा आगामी कात्तिक २१ गते काठमाण्डौको हात्तिसारमा रहेको लक्ष्मी कम्प्लेक्समा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा आव २०८१।८२ को संचित मुनाफाबाट सेयरधनीहरुलाई कर सहित ७ करोड़ ७१ लाख ९४ हजार ७३६ रुपैयाँबराबरको नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै, सभामा सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०८१।८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने, आव २०८२।८३ को लागि लेखापरिक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *