सामसङ ग्यालेक्सी स्मार्टफोनसँग आकर्षक ‘मल्टीबाइ’ अफर
काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा छुटसहितको विशेष अफर ल्याएको छ । सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत ग्राहकले छानेको ग्यालेक्सी वाच ८ सिरिज र बड्स ३ लाइनअप जस्ता ‘वेरेबल’ खरिद गर्दा विशेष छुट पाउनेछन् । सामसङको नयाँ फ्ल्यागसिप, ए सिरिज वा एम सिरिजका स्मार्टफोन खरिद गर्नेलाई ग्यालेक्सी वाच र बड्समा विशेष ५३ प्रतिशतसम्म छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । विशेष मल्टीबाइ अफरमार्फत प्रयोगकर्ताले आफ्नो फोनलाई ग्यालेक्सी वाच ८ क्लासिक वा बड्स ३ जस्ता उपकरणसँग जडान गरेर पूर्ण ग्यालेक्सी अनुभव गराउने सामसङको भनाइ छ ।
यी उपकरण रक्तचाप (बीपी) र ईसीजीजस्ता उन्नत स्वास्थ्य ट्रयाकिङ, सहज कनेक्टिभिटी, र ग्यालेक्सी एआईद्वारा सञ्चालित उत्कृष्ट अडियो अनुभव प्रदान गर्नका लागि डिजाइन गरिएका छन् । एमएक्स सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले सामसङको मल्टीबाइ अफर मार्फत ग्राहकलाई ग्यालेक्सी कनेक्टिभिटीको पूर्ण शक्ति अनुभव प्रदान गरिएको बताए । देशका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा अफर मान्य छ । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा, सजिलो प्रक्रियाबाट सहज ईएमआई योजनामार्फत नयाँ डिभाइस प्राप्त गर्न सक्नेछन् ।