आज सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँ घट्यो

काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ । यसअघि शुक्रबार २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेपछि नेपाली बजारमा प्रभाव देखिएको हो । त्यस्तै चाँदीको भाउ तोलामा ७५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २७५ रुपैयाँमा झरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *