बालकोट बौद्धिक समाजको शुभकामना आदानप्रदानसहित चियापान
भक्तपुर । बौद्धिक समाज बालकोटले शुभ दीपावली, नेपाल संवत् ११४६ र छठपर्वको अवसरमा साविक बालकोट गाविस हालको सूर्यविनायक नगरपालिका वडा नम्बर २ र ३ का आफ्ना सदस्यहरू र शुभचिन्तकसहित महेन्द्र शान्ति माध्यामिक विद्यालय प्रांगणमा शुभकामना आदानप्रदानसहित चियापान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा समाजवका सम्पूर्ण सदस्यसहित पूर्वप्रशासक, प्रहरीका पूर्वविशिष्ट अधिकृत र राष्ट्रिय जीवनका विभिन्न व्यक्तित्वहरू उपस्थित रहेका थिए ।

कार्यक्रममा समाजका अध्यक्ष वरिष्ठ पत्रकार कबिर राणाले सबैलाई शुभकामनासहित स्वागत गरेका थिए भने भक्तपुर क्षेत्रनम्बर २ का निवर्तमान प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले पनि शुभकामना दिएका थिए । त्यसैगरी उपस्थित सबैले एकअर्काबीच परिचय दिँदै शुभकामना आदानप्रदान गरेका थिए ।