युक्रेनमा फेरि रुसी आक्रमण

काठमाडौं । तीन वर्षभन्दा बढी समयदेखि जारी रुस–युक्रेनबीचको द्वन्द्व दिनप्रतिदिन भयावह बन्दै गइरहेको छ । बुधबार रुसले फेरि युक्रेनको राजधानी किभसहित धेरै सहरमा ड्रोन र मिसाइल आक्रमण गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । १८ भन्दा धैरैजना घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो हमलाबारे प्रतिक्रिया दिँदै रुसमाथि अझै पर्याप्त अन्तर्राष्ट्रिय दबाब नपुगेका कारण उसले युद्धलाई लम्ब्याइरहेको आरोप लगाएका छन् ।

युक्रेनका ऊर्जामन्त्रीका अनुसार, यो हमला देशको ऊर्जा संरचनालाई नोक्सान पुर्‍याउने अर्को प्रयास थियो । यसको उद्देश्य जाडोयामअघि बिजुली आपूर्तिमा अवरोध गर्नु रहेको युक्रेनको आरोप छ । हमलापछि धेरै क्षेत्रमा आपत्कालीन रूपमा विद्युत् आपूर्ति कटौती गरिएको छ । हमलाबीच युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकाबाट लामो दूरीका टोमहक मिसाइल मागिरहेका छन् । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे हालसम्म स्पष्ट प्रतिक्रिया दिएका छैनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *