काठमाडौं । जेनजी प्रदर्शनमा क्षति पुगेपछि बन्द रहेको चन्द्रागिरी केवलकार शनिबारबाट सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा केवलकारमा तोडफोड र आगजनी भएको थियो । त्यसपछिबाट बन्द रहेको केवलकार यहि कात्तिक २२ गते शनिबारबाट फेरि सञ्चालनमा आउन लागेको हो ।