सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिमा नेपाल सरकारले अवलम्बन गरेको सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्डबारे छलफल हुनेछ । त्यसैगरी राजस्व चुहावट नियन्त्रण, वित्तीय सङ्घीयताको कार्यान्वयन र व्यावसायिक वातावरण बनाउन भएका पहलहरू सम्बन्धमा पनि बैठकमा छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *