बालकोटका कथाहरु,बालकोटका ब्यथाहरु

झुण्ड मेँ तो सूअर आते है,शेर अकेला ही आता है सुजाता रङ्गराज । शिवाजी द वोस,ई.सं २००७ ,भारतिय चलचित्र । मैँ झुक जाउँ तो मसला हल हो जायगा,मगर इस से मेरा किरदारका कत्ल हो जायगा (मिर्जा गालिब,भारत) । कस्ता कस्तालाई त दलभित्र भित्र्याईयो भने पार्टीको निर्माणमा योगदान दिनेहरुलाई भित्र्याउन के आपत ? सबै दलहरूलाई स्वोट एनालाईसिस गर्ने (आत्मा समिक्षा गर्ने अवशर मिलेको छ जस्ता कुरा लेखेर प्रकाशित भएर सामाजिक सञ्जालमा साझा गर्दापनि केही नगरिएको फेशबूकलाई जेन ड,राजा र संसदवादी दलहरूको भुमिका रहेर देशमा एकता मेलमिलाप कायम होस् भन्नाका खातिर शर्त सहित प्रतिनिधि सभा पुनःस्थापन होस् भन्ने पनि चर्चा छ भनेर सामाजिक सञ्जालमा यसो बिचार साझा गरेको त ११ दिन भन्दा बढी फेशबूक बल्क भयो । फेसबूकमा साझा गर्ने हो हेरौँ अब बुल्क नहोला ! वट्सएप ह्याक आतङ्क छ अहिले ।
(१) बालकोट घुम्न रमाइलो लाग्थ्यो,त्यहाँका हरेक घरमा इलाम धरान बिराटनगरको जस्तो हरियाली हेर्न पाउँदा । यसपालि कार्तिकमा साविक बालकोट वार्ड मा घुम्न जाँदा हाम्रा भानिज,टेरिजम ईन नेपाल लगायतका लेखक,नेपाल आयल निगमका पुर्व कर्मचारी नेपाल सरकारका सडक बिभागका पुर्व सुई यातायात संस्थानका पुर्व जिएम भिनाजु भक्तहरि शर्मा दाहाल तथा स्व.उमेश दाहालका भतिज,नेपाल सरकारका पुर्व कर्मचारी भानिज निर्मल दाहाल,सागर दाहाल,कमलका जेठो दाजु भानिज बिमल दाहाल ८ दिन अघि बोस्टन अमेरिकामा नै मृत्यु भएको खबर सुनेर पुर्व सचीव स्व.शान्त बहादुर श्रेष्ठको छिमेकी समेत हुनु भएको साविक सिन्धुलि मजुवा सुनसरि दुहवि,बिराटनगर शान्तिचौक तिनटोलिया १०(हाल बालकोट ९ सुनपा ३ का दिदी सकुन तथा भिनाजु कृतिप्रसाद दाहाल सहित सपरिवारमा समवेदना प्रकट गरेँ ।

भिनाजुले समेत चिन्नु हुने साविक सिन्धुली दुम्जा गैया टार मिलनचौक हाल बालकोट,सुनपा २ मा बस्ने हाम्री माइली माइजु रामकुमारी काफ्ले कोइरालाको कार्तिक ११ गते निधन भएको कुरा पनि सुनाएँ । (१क) प्रहरी किताब खानामा म महानिर्देशक हुँदा सुरेन्द्र पौडेल,चन्द्रनाथ गौतम,बद्रीनाथ गैरे निर्देशक हुनुहुन्थ्यो । प्रचण्ड केपिको नेकपाले ऐतिहासिकता हासिल गरेर भावी प्रम केपी ओलिज्यूलाई बधाई दिन जानुपर्छ भनेर मैले कुरा राखे पछि सुरेन्द्रजी जो एमाले नेता राजन भट्टराईको साड दाइ पनि हुनु हुदो रहेछले आफुले बधाई दिइसकेको कुरा बताएको २ दिनपछि म बालकोट गल्फुटारस्थित केपी ओलिज्यूको घरमा बधाई दिन गएको त स्वयं सेवकले पार्टीको पद सोधेर पर्खिन पर्छ भने,कैलाश ढुङ्गेल,गुरु बराल,आनन्द पोखरेल, खेम नेपाली,बाबुराम कार्की,गणेश केसि,रामेश्वर ढुङ्गेल, बालकृष्ण सिवाकोटी,पशुपति चौलागाईं,कमल चौलागाईं, बिनोद ढकाल,सुवोध प्याकुरेल, खगेन्द्र चुडालहरुलाई सोर्स लाउँन खोजेको नभेटेपछि कार्यालय ढिलो हुने भएकोले अब जहाँ भेट हुन्छ त्यहीँ शुभकामना दिउँला भनेर हिडेपछी फेरि त्यो केपी निवासमा जाने अवस्था सिर्जना नभएकोमा उक्त घर र टासिँएको अर्को उहाँकै घरमा गत भदौ २४ गते भएको अराजक भिडले आगजनी गरेपछि म कार्तिक १६ गते हेर्न गएँ ।

मानविय आत्माले यसरी आगो लाउन सक्छ र ! स्थापित नेताहरूले सत्ता लिप्साको लागि के के कुकर्म गरे । देश जनतालाई के के सुकर्म गरेर योगदान गरे त्यसको हिसाब माग गर्दै कुशासनको बिरोध गर्दा देश नै आगोले पोल्नु पर्छ र ? मेरो मनमा आएको यी सोचाइले स्तब्ध भएँ । मेरा पुराना हाकिम तथा हालका अर्थमन्त्रीको केपि ओलिज्यू कै नजिकको घरमा बाहिरबाट हेरेर फर्केकोमा बालकोट बाटोमा प्रेस युनियन भक्तपुरका पुर्व सभापति ध्रुबराज थापासँग भेट भयो । देश दुखेको कुरा गरियो । मैले बिराटनगरको हाल जेन जेडले जलाएका पिताजी कृष्णप्रसादको निवास र मनमोहन निवासमा गएर ती निवास बारे लेखेको कुरा पनि राखेँ । (२) भक्तपुर निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा बिरामी हुनु भएर बिकास लथालिङ्ग भएको कुरा सुनियो,केपी,महेश बस्नेतलाई निजमा धेरै कमजोरी होलान् । महाकालिको कुरा गर्लान् ,दोषी भए पुर्वाग्रह नराखी,प्रतिसोध नसाधि छानबिन गरेर कानूनी प्रक्रियामा सजाय पनि भोग्लान तर आगो लाउने मार्ने नै योजना गर्नुले देशमा कसले के गर्दै छन् भनेर त्रसित हुनुपर्ने अवस्था भएको जस्ता कुराहरू पनि चर्चा गर्दै हनुमन्ते कोरिडोर होस् वा अरु नै बिकासको निम्ति होस महेशलाई र प्रमाण सहित रामजन्मभुमि,लिपुलेक कालापानी नक्साको चुनौतीपूर्ण बहस गरेर नाकावन्दिमा दिनु भएको निडर,साहसिक नेतृत्वप्रति जनताले बालकोट, नेकपा एमालेलाई सम्झना गर्ने गर्छन् भन्ने पनि सुनियो । माओवादीका दीप शिखाको नाम सुनेपनि काम देखिएन भन्ने सुनियो । नारायणमान बिजुक्च्छे रोहितज्यूको नेमकिपाका राम्रा कामका चर्चा गर्दा रहेछन् । काङ्ग्रेस,राप्रपा,नेस्वपाको आ आफ्नो खालको अस्तित्व छ भन्ने सुनियो । (३)जेन जेड्को आडमा जे देखियो अब छर्लङ्ग भएको छ । अशली युवा पुस्ता जेन जेड ले सार्थक जिम्मेवारी लिन सकेको देखिएन ।

कसैको रणनीतिक टूलकिट्मा प्रयोग भएको जस्तो महसुस गरिन थालिएको छ,नेका वरिष्ठ नेता प्रदिप गिरिले उहिले सञ्चारकर्मी टीकाराम यात्रीसँग युवाले नेतृत्व लिन्छन् भन्नुभएको त थियो । देशको भू राजनीतिलाई अनुभवी पुराना पुस्ताले त धान्न धौधौ परेको स्थितिमा गूगल पुस्ता त के दोश्रो पुस्ताले पनि धान्न सक्दैन । के देश तेरो देश जल्योु भन्ने अराजक समूहले सञ्चालन गर्ने हो ? फेरि प्रश्न हो ?
(४) कुन दल फुटाउने कुनलाई जुटाउने,सरकार कुन दलको कोसँग मिलाएर कति अवधिको लागि बनाउने,कुन देशमा कुन धर्म कस्तो आन्दोलन आन्दोलनको टुलकिट कस्तो कस्तो राजनीतिक व्यवस्था देश एकात्मक कि सङ्घिय सहितको प्रम,दलको नेतृत्व कसले गर्ने,पहिचानको नाममा बर्गिय बिभेदलाई वास्ता न गराई जातिय,क्षेत्रीय,भौगोलिक मुद्दामा देशभित्र गृहयुद्धको अभ्यास गराउने समेत सबै बिदेशीले तय गर्छन रे लगायत नेपालका को नेता कुन बिदेशी शक्तिको मान्छे कुन बिदेशी शक्तिबाट परिचालित ? देशभक्त राष्ट्रको पक्षमा उभिने राजा,नेता,पत्रकार,सञ्चारकर्मी,उधमी लगायतका अकालमा मृत्यु किन रहस्यमय हुन्छ(के अब सबै नेपालीले बाँच्नको लागि देशको पक्षमा बोल्न लेख्न अडान लिन नपाउने नै हुन त ? अरु देशको गुणस्तरीय उत्पादनलाई अनेक मापदण्डको बखेडा झिकेर भंसारमा रोक्दै निर्यातमा अव्यवस्थित अवरुद्ध गराउने अनि नेपालले आयात गरेको सामान बन्दरगाहमा रोकेर गुणस्तरहीन आफ्ना सामान हत्तपत्त नेपाल निर्यात गरेरमात्र अरु देशको सामान बन्दरगाहबाट छुटाउन लाएर नेपालको उधमशिलतामा कसले बाधा पुर्याएको छ ? पुर्वतिर होटेल रिसोर्टका कार्यक्रम हलमा वा गोप्य कोठामा के के को प्रशिक्षण दिन्छन्,सिक्किमबाट पनि प्रशिक्षक आउछन्र ? के नेपालको कालापानी,लिपुलेक, लिम्पियाधुरासँग भारतले अरूणाचल,लद्धाखका जमिन सट्टा पट्टा गरेको हल्ला किन चलेको ? किन अर्थ,परराष्ट्र,रक्षा मन्त्रालय अमेरिकाको,गृहसहित अरु मन्त्रालय भारतको मातहतका नाम मात्रका नेपाली मन्त्रालय हुन भनेर अफवाह फैलाउने गरिएको हो या साँचिक्कै हो ? किन तिब्बतको सम्बन्धमा कोहि दलाई लामाले तिब्बतमा आफ्नो दिसा प्रसादको रूपमा बाड्थे अनि भक्तहरुलाई शोषण गरेकोले उनको तिब्बतमा बिरोध भएकोले चिनले आफ्नो प्रदेश तिब्बतको जनताको उद्धार गर्दा दलाई लामाले आफु खुशी तिब्बत छोडेर गएका भन्छन् भने अर्कोतिर कोहि दलाई लामा महान धर्म गुरु हुनु भएकोले विश्वमा उहाँको अति उच्च स्थान भएको कारण नोबेल पुरस्कार पाउनु भएको हो साथै चीनले तिब्बत कब्जा गरेको हो भारतले जुनागढ(सिक्किम जनताको मत लिएर आफ्नो राज्य बनाएकाले तिब्बत र सिक्किम, जुनागढको स्थित एउटै नभएकोले नेपालले एक चीननीतिप्रति पुनःबिचार गर्नुपर्ने भन्नेहरु पनि भेटिन्छन्,यसरी किन थरी थरी मत होला ? जे भएपनि नेपाल पञ्चशिल,असंलग्न परराष्ट्रनीतिको तथा एक चीन नीतिप्रती आफ्नो इतिहासमा अडिग रहनुपर्छ । नेपाल जोगाउन धौधौ भएको बेला यो ग्रेटर नेपाल भन्ने रहस्यमय छ कि भन्ने जस्ता कुरा घर घरमाचौक चौकमा बिहानी डुलाईमा चिया पसलमा गरेर मात्र के होला र ? (५) अहिलेका अन्तरिम सरकारमा राम्रा मानिस हुनुहुन्छ । राम्रो होला भन्ने आशा गरौँ । अरु दलका नेता दुलामा पसेका हुन कि कसो हो एक्लो केपीले बोलिदिनु भएको छ। यसको मतलब उहाँको गल्ती छैन भन्न खोजेको हैन तर राजा,पारस,रवि लामिछाने,शेखर,गगन,प्रदीप,गुरुराज, प्रचण्ड,बाबुराम
भट्टराई,दुर्गा प्रसाई,हर्क साङ्गपाङ्ग जस्तै अहिले उहाँ केपिज्यूको चर्चा ह्वात्तै बढेको छ भन्ने बहस उहाँका समर्थकले गर्न थालेका छन् भन्नेहरु पनि भेटियो ई.स.२०१९ को निर्वाचन अभियानमा भाजपा नेता तथा तत्कालीन प्रम नरेन्द्र मोदीले मुलायम अखिलेशको समाजवादी पार्टी(स),लालु तेजस्वीको राष्ट्रिय जनता दल(रा) र मायावतिको बहुजन समाजवादी पार्टी(ब)लाई सराव नाम दिएर सराब सेहद्को लागि खराब हुन्छ भनेर ब्यङ्ग गर्नु भएको जस्तै अहिले प्रचण्ड सहितको १० समाजवादि एकता पनि संसदीय विकृतिको दलदलमा भासिएकाहरुको एकता भएकोले कुनै परिवर्तनको लागि एकता हैन,कम्युनिस्ट भन्नेले समाजवादी भनेर किन पुच्छर जोडेका होलान् ? हिजो एमालेले पनि मार्क्स लगायतका नेताहरूको तस्बिर(माओत्सेतुङ बिचारधारा एवं चिनको संस्कृतिक क्रान्ति हटाएसरह अहिले प्रचण्डलाई माओवाद घाँडो भएको हो ? भन्ने चर्चा बहस पनि चलेको छ । लौ प्रचण्ड सकारात्मक तथा स्थिर भएर सबैलाई समेटेर समाजवादी बनाउदै देश औ जनतालाई सुख दिनु ! बिनम्र शुभकामना !। अरु देशमा विकास हुन्छ नेपालमा आन्दोलन हुन्छ। सुडानी करण,हैटी करण,बोकोहरामी करण,नेपाली जेलेन्स्की जन्माउन चुनावी युक्रेनि करण पो हुन्छ कि ? प्रत्यक्ष कार्यकारी भन्ने आकर्षक नारा त झन रहस्यमय छ भनेर किन भन्ने गरिन्छ ? आशिका तामाङ निकै धनी छिन् ? कसले दिन्छ उहाँको समाज सेवाको श्रोत ? युएनओका सोझै आउने श्रोत,एनजीओ,आइएनजीओका आय ब्यय योजना आयोगले अभिलेखिकरण नगर्ने ? सीके राउतजीका बिबादास्पद कुरा सहित अमेरिका २,३ पटक घुम्ने अवशर दिलाउने हो भने नेपाली बाम नेता जिन्दगीभर अमेरिकाको कुरा मान्छ्न भनेर शेर बहादुर देउवा र आरजु राणाको विवाह गराउने नेपालका लागि पुर्व अमेरिकी राजदूत जुलिया चाङ्ग ब्लकले भन्नु भएको भनेर अनि कृष्णप्रसाद सिटौलाले प्रचण्डले भनेको कुरा पुर्याउछ्न भनेर भन्नू भएको थियो । केपीलाई हामीले चाहेमा अहिले हटाउन सकिन्छ भनेर प्रचण्डले भनेका थिए,आखिर हटाउने प्रपञ्च मिलाएकै रहेछ्न,सिटौलाजीले भने जस्तै गरि कुरा पुरा गरेछन् त जस्ता अनेक कुरा गरेको पनि भक्तपुरतिर सुनियो,खै कसरी यस्ता रमाइला कुरा निस्कनछ्न ? गफ त होला नि !
(६) अहिलेको अवस्थामा सबैलाई समेटेर आफ्नो देशका लागि त्याग गरेर,लोल अर्थात चञ्चल,अस्थिर स्वभाव एवं अहङ्कार त्यागेर रास्ट्रमा एकता कायम गराएर चलाउन सक्ने अकाट्य । आफैँमा सत्य नेतृत्व (अथेन्टिक लिडरशीप) को आवश्यकता अहिले देशमा चाहिने छ भनेर पनि चर्चा चल्न थालेको छ र सत्ताको लागि आत्मा नबेच्ने(आत्माको चरीत्र (किरदार)को हत्या गरेर लम्पसार नपर्ने नेताको जरुरत छ भनेर होला माथिका दुई भनाई अचेल सुनिन थालिएको छ । (७) कार्तिकमा अङ्ग्रेजोँ के जमानेकी जेलर अशरानीको निधन भयो । उहाँ लगायत स्व.माइली माइजू तथा स्व.भानिज बिमलप्रति बिनम्र श्रद्धाञ्जली !

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *