मृत्युदण्डको सजायपछि शेख हसिनाले भनिन्– फैसला पक्षपातपूर्ण र राजनीतिबाट प्रेरित

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले ढाका अदालतको फैसलाको कडा निन्दा गरेकी छन् । उनले फैसलालाई ‘पक्षपातपूर्ण र राजनीतिबाट प्रेरित’ भनेकी छन् । सोमबार अदालतबाट फैसला भएपछि शेख हसिनाका तर्फबाट पाँच पानाको लामो वक्तव्य जारी गरिएको छ । वक्तव्यमा भनिएको छ, “मृत्युदण्डको सजाय अन्तरिम सरकारले अवामी लिगलाई राजनीतिक शक्तिका रूपमा अवमूल्यन गर्ने एउटा तरिका हो । अवामी लीग शेख हसिनाको पार्टी हो । हसिनाले यसअघि यो मुद्दालाई ‘तमासा’ भनेकी थिइन् ।

आफूमाथिका सबै आरोप अस्वीकार गरेकी थिइन् । उनले भनेकी थिइन्, मलाई मेरोविरुद्ध आरोप लगाउनेहरूको सामना उचित न्यायाधिकरणमा गर्न कुनै डर छैन, जहाँ प्रमाणहरूको निष्पक्ष मूल्यांकन र परीक्षण गर्न सकिन्छ । उनले अन्तरिम सरकारलाई हेगस्थित अन्तर्राष्ट्रिय अपराध अदालतसमक्ष आफूमाथिका आरोप लिएर आउन चुनौती दिएकी थिइन् । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले आजै उनलाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो । हसिनामाथि गत वर्ष जुलाई–अगस्टमा बंगलादेशमा भएको विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको थियो । भारतमा निर्वासन जीवन बिताइरहेकी हसिनाको अनुपस्थितिमा नै उनीविरुद्ध मुद्दा चलाइएको थियो । बीबीसी हिन्दीबाट

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *