८ मिनेटमा चोरियो १४ अर्बको गहना

विश्वको सर्वाधिक लोकप्रिय संग्रहालय मध्येको एक फ्रान्सको लुभ्र संग्रहालयमा गत अक्टोबर १९ मा दिनदहाडै भएको अर्बौंको बहुमूल्य गहना चोरी काण्डमा नयाँ खुलासा भएको छ । उक्त नयाँ खुलासासँगै म्युजियमको सुरक्षामाथि प्रश्न उठेको छ । अनुसन्धानका क्रममा लुभ्र म्युजियममा साइबर सुरक्षा तथा मर्मतसम्भारमा समस्या रहेको पाइएको छ । फ्रान्स पब्लिकेसन लिब्रेसनको रिपोर्ट अनुसार दशकौंदेखि चलिआएको उक्त समस्या धेरैपटक सार्वजनिक भएको थियो । तर कहिल्यैपनि त्यसलाई पूर्णरुपमा समाधान गर्न सकिएको थिएन । समाचार अनुसार उक्त सुरक्षा जोखिमको बारेमा पहिलो चेतावनी सन् २०१४ मा सार्वजनिक भएको थियो । फ्रान्सको राष्ट्रिय एजेन्सी एएनएसएसआईले संग्रहालयको सूचना प्रविधि प्रणालीको अडिट गरेको थियो। त्यसमा सो संग्राहलयको सुरक्षा नेटवर्कको परीक्षण गरिएको थियो जुन अलार्म, भिडियो निगरानी तथा नियन्त्रित पहुँचसँग सम्बन्धित छ । एजेन्सी ले त्यसबारेमा २६ पेजको एक रिपोर्ट पेश गरेको थियो । उक्त रिपोर्ट अनुसार म्युजियमको कमजोर पासवर्ड तथा पूरानो प्रणालीका कारणले गर्दा केन्द्रीय नेटवर्कमा समेत सजिलै पहुँच प्राप्त गर्न सकिने थियो । अनुसन्धानका क्रममा केवल LOUVRE लेखेर भिडियो निगरानी सर्भरमा पहुँच प्राप्त गर्न सकिने खुलासा भयो । त्यसैगरी THALES लेख्दा एउटा अर्को सफ्टवेयर खुलेको थियो, जसलाई Thales ग्रुपले तयार गरेको थियो । त्योसँगै एजेन्सीले सेक्योरिटी नेटवर्कमा निकै धेरै समस्या रहेको र त्यसका कारणले ह्याकरहरूले सजिलैसँग आन्तरिक प्रणालीमा पहुँच प्राप्त गर्नसक्ने तथा ब्याज एक्सेस र भिडियो फीड परिवर्तन गर्नसक्ने भन्दै चेतावनी जारी गरेको थियो । एजेन्सीले म्युजियमलाई पासवर्ड बलियो पार्न र सिस्टम अपग्रेड गर्न सल्लाह दिएको भएपनि लुभ्र म्युजियमले सार्वजनिक रूपमा त्यसको पालनाका बारेमा कहिल्यैपनि केही जानकारी गराएन । त्यसैगरी सन् २०१७ मा भएको अर्को प्राविधिक अडिटमा पनि म्युजियमको प्राविधिक सुरक्षा प्रणालीमा त्यस्तै समस्या रहेको पत्ता लागेको थियो । गत अक्टोबर १९ मा लुभ्रमा भएको उक्त चोरी केवल ८ मिनेटभित्रैमा गरिएको थियो । चारजना चोरहरू मिलेर ८ करोड ८० लाख युरो अर्थात् करीब साढे १४ अर्ब रुपैयाँ बराबरको गहना चोरेका थिए । चोरहरूले उक्त घटना फिल्मी शैलीमा घटाएका थिए । चोरहरू बास्केट लिफ्ट लिएर म्यूजियमको पर्खालमा चढे, झ्याल फोडे र डिस्प्लेको बाहिरी खोल फोडेर गहना लिएर फरार भए । उक्त घटनामा अहिलेपनि जाँच चलिरहेको छ र केही मानिसहरूले पक्राउ गरिएको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *