ताप्लेजुङको तेम्बा बजारमा आगलागी

काठमाडौं । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेका छन् । मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् । चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत सामग्री जलेको र करिब एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष सलिना बराइलीले जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालयले भने क्षतिको विवरण संकलन भइरहेको जनाएको छ । स्थानीयका अनुसार एक मोटरसाइकलमा आगलागी भएको र त्यसलाई नालीतिर पल्टाउन खोज्दा घरमा आगो सल्किएको थियो । दमकलको सुविधा नहुँदा आगो निभाउन कठिनाइ हुने गरेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष बराइलीले बताइन् । ‘दमकल छैन, स्थानीय स्रोत साधनबाट आगो निभाउन गाह्रो हुने गरेको छ,’ उनले भनिन् । २०७७ साल फागुनमा ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ४९ घर जलेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *