बालाजुमा भेस्पा तथा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन
काठमाडौं । भेस्पा तथा अप्रिलियाका नेपालका आधिकारिक बिक्रेता ‘डेल्टा अटोकोर्प प्रालि’ले काठमाडौंको बालाजुस्थित भ्याली कोल्ड स्टोरको विपरीत, सानिमा बैंक नजिकै नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यस सर्भिस सेन्टरले २०७८ मंसिर १ गतेदेखि औपचारिक रूपमा सेवा प्रदान गर्न सुरु गरेको हो, जसले बिक्री पछिको सेवामा ग्राहकहरूको पहुँचलाई अझ सहज र प्रभावकारी बनाउने कम्पनीको विश्वास छ । सर्भिस सेन्टरको उद्घाटन डेल्टा अटोकोर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतोले गरेका थिए। उनले यो विस्तारलाई काठमाडौं उपत्यकाभरका भेस्पा तथा अप्रिलिया प्रयोगकर्ताहरूलाई भरपर्दो र छरितो सेवा उपलब्ध गराउने कम्पनीको दीर्घकालीन योजनामा एउटा महत्वपूर्ण उपलब्धि भएको बताए ।
आधुनिक उपकरण, अत्याधुनिक मेशिनरी र व्यावसायिक रूपमा प्रशिक्षित प्राविधिकहरू सहित सुसज्जित यस नयाँ सर्भिस सेन्टरले ग्राहकहरूलाई प्रिमियम सर्भिसिङ, मर्मत, डाएग्नोस्टिक सेवा तथा जेनुइन स्पेयर पार्ट्स उपलब्ध गराउँदै उच्चस्तरीय र विश्वसनीय सेवा अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। ‘बलाजुस्थित हाम्रो नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी अत्यन्त खुसी र गर्व महसुस गर्दैछौँ। यस विस्तारले भेस्पा तथा अप्रिलियाप्रति हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाउनुका साथै, सम्मानित ग्राहकहरूलाई अझ नजिकबाट उत्कृष्ट सेवा र भरपर्दो सहयोग उपलब्ध गराउने हाम्रो प्रयासलाई मजबुत बनाएको छ,’ प्रमुख कार्यकारी अधिकृत महतोले भने । डेल्टा अटोकोर्प प्रालिले सबै भेस्पा तथा अप्रिलिया चालकहरूलाई नयाँ सर्भिस सेन्टर–बालाजुमा स्वागत गर्दै, ‘आर एस सर्भिस हब प्रालि’ मार्फत विश्वस्तरीय सेवा अनुभव लिन हार्दिक आमन्त्रण गरेको छ।
















