आज लुम्बिनी लायन्स र चितवन राइनोजबिच खेल हुँदै

काठमाडौं ।सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) लुम्बिनी लायन्सले दोस्रो संस्करणको पहिलो खेलमा आज चितवन राइनोजविरुद्ध चुनौती प्रस्तुत गर्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ । गएको सोमबारदेखि सुरु भएको प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो । चितवन भने आज लुम्बिनीविरुद्ध मैदान उत्रिँदा लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

चितवनले यसअघि पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पाँच विकेटको जित निकालेको थियो । एनपीएलको इतिहासमा यी दुई टिमबीच यसअघि पहिलो संस्करणमा एकपटक प्रतिस्पर्धा भएको थियो । पहिलो संस्करणको लिग चरणमा भेट हुँदा लुम्बिनीले ३३ रनको जित निकालेको थियो । एनपीएलमा हालसम्म लुम्बिनीले निकालेको यो नै एकमात्र जितसमेत हो । प्रतियोगिताको दोस्रो संस्करणमा पनि पहिलो संस्करणकै आठ टिमले प्रतिस्पर्धा गरिरको छन् । मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल २७ गते हुने तालिका छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *