बालकोट गाउँ घुमेर हेर्दा

(क) (बालकोट गाउँ घुमेर हेर्दा मेरो बिर्को लागेको बुद्धिको भाडो पनि खुल्यो) केही घावहरु यस्ता हुन्छन् जसले हाम्रा छालाको सट्टा आँखालाई खोलि दिन्छन् (पाब्लो नेरुदा,चिलि)। झुण्ड मेँ तो सूअर आते है,शेर अकेला ही आता है सुजाता रङ्गराज । शिवाजी द वोस,ई.सं २००७ ,भारतिय चलचित्र । मैँ झुक जाउँ तो मसला हल हो जायगा,मगर इस से मेरा किरदारका कत्ल हो जायगा (मिर्जा गालिब,भारत) । श्रूयतां धर्मसर्वस्वं श्रुत्वा चैवावधार्यताम् । आत्मनः प्रतिकूलानि परेषां न समाचरेत्।।(आफुलाई प्रतिकुल लाग्ने मन नपर्ने कुरा, ब्यवहार,आचरण अरुसँग पनि नगर्नु वेदव्यास,महर्षि, महाभारत)। भारतीय गाडीहरूलाई जथाभावी नेपालमा आउन दिएर नेपाली रोजगारीमा दखल पुगेको भन्ने मोहन बैधको पार्टीलाई बक्तव्य निकालेर मिडियामार्फत धम्कि दिने पार्टी समेत खोलेका एक उधमी सहित कस्ता कस्ता डरलाग्दालाई त दलभित्र भित्र्याईयो भने पार्टीको निर्माणमा योगदान दिएकाहरुलाई भित्र्याउन के आपत ? सबै दलहरूलाई स्वोट एनालाईसिस गर्ने आत्मा समिक्षा गर्ने अवशर मिलेको छ जस्ता केही कुरा लेखेर प्रकाशित समेत भएर सामाजिक सञ्जालमा साझा गर्दापनि केही नगरिएको फेशबूकलाई जेन जेड,राजा र संसदवादी दलहरूको भुमिका रहेर(पहिले गोलमेच छलफल गरेर भए पनि)देशमा एकता मेलमिलाप कायम होस् भन्नाका खातिर शर्त सहित प्रतिनिधि सभा पुनःस्थापन होस् भन्ने पनि चर्चा छ भनेर सामाजिक सञ्जालमा यसो बिचार साझा गरेको त ११ दिन भन्दा बढी फेशबूक बल्क भयो । फेसबूकमा साझा गर्ने हो हेरौँ अब बल्क नहोला १ वुट्सएप ह्याक आतङ्क छ अहिले । (१) बालकोट घुम्न रमाइलो लाग्थ्यो,त्यहाँका हरेक घरमा इलाम,धरान,बिराटनगरको जस्तो हरियाली हेर्न पाउँदा । यसपालि कार्तिकमा साविक बालकोट वार्ड ८,९ मा घुम्न जाँदा हाम्रा भानिज,टेरिजम ईन नेपाल लगायतका लेखक,नेपाल आयल निगमका पुर्व कर्मचारी नेपाल सरकारका सडक बिभागका पुर्व सुईयातायात संस्थानका पुर्व जिएम भिनाजु भक्तहरि शर्मा दाहाल तथा स्व.उमेश दाहालका भतिज,नेपाल सरकारका पुर्व कर्मचारी भानिज निर्मल दाहाल,सागर दाहाल,कमलका जेठो दाजु भानिज बिमल दाहाल ८ दिन अघि बोस्टन अमेरिकामा नै मृत्यु भएको खवर सुनेर पुर्व सचीव स्व.शान्त बहादुर श्रेष्ठको छिमेकी समेत हुनु भएको साविक सिन्धुलि मजुवा(सुनसरि दुहवि,बिराटनगर शान्तिचौक तिनटोलिया १०(हाल बालकोट ९ सुनपा ३ का दिदी सकुन तथा भिनाजु कृति प्रसाद दाहाल सहित सपरिवारमा समवेदना प्रकट गरेँ ।

भिनाजुले समेत चिन्नु हुने साविक सिन्धुली दुम्जायाटार मिलनचौक हाल बालकोट ८,सुनपा २मा बस्ने हाम्री माइली माइजु रामकुमारी काफ्ले कोइरालाको कार्तिक ११ गते निधन भएको कुरा पनि सुनाएँ । (१.१) प्रहरी किताब खानामा म महानिर्देशक हुँदा सुरेन्द्र पौडेल,चन्द्रनाथ गौतम,बद्रीनाथ गैरे निर्देशक हुनुहुन्थ्यो । प्रचण्ड केपिको नेकपाले ऐतिहासिकता हासिल गरेर भावी प्रम केपी ओलिज्यूलाई बधाई दिन जानुपर्छ भनेर मैले कुरा राखे पछि सुरेन्द्रजी जो एमाले नेता राजन भट्टराईको साडदाइ पनि हुनुहुदो रहेछले आफुले बधाई दिइसकेको कुरा बताएको २ दिनपछि म बालकोट ८ गल्फुटारस्थित केपी ओलिज्यूको घरमा बधाई दिन गएको त स्वयं सेवकले पार्टीको पद सोधेर पर्खिन पर्छ भने,कैलाश ढुङ्गेल,गुरु बराल,आनन्द पोखरेल, खेम नेपाली।बाबुराम कार्की,गणेश केसि,रामेश्वर ढुङ्गेल,बालकृष्ण सिवाकोटी,पशुपति चौलागाईं,कमल चौलागाईं,बिनोद ढकाल,सुवोध प्याकुरेल,खगेन्द्र चुडालहरुलाई सोर्स लाउन खोजेको नभेटेपछि कार्यालय ढिलो हुने भएकोले अब जहाँ भेट हुन्छ त्यहीँ शुभकामना दिउँला भनेर हिडेपछी फेरि त्यो केपी निवासमा जाने अवस्था सिर्जना नभएकोमा उक्त घर र टासिँएको अर्को उहाँकै घरमा गत भदौ २४ गते भएको अराजक भिडले आगजनी गरेपछि म कार्तिक १६ गते हेर्न गएँ,स्थापित नेताहरूले सत्ता लिप्साको लागि के के कुकर्म गरे,देश जनतालाई के के सुकर्म गरेर योगदान गरे त्यसको हिसाब माग गर्दै कुशासनको बिरोध गर्दा देश नरहने गरि दानवीय तवरले आगोले पोल्नु पर्छ र ? मेरो मनमा आएको यी सोचाइले स्तब्ध भएँ । मेरा पुराना लोकप्रिय हाकिम तथा हालका अर्थ मन्त्रीको केपि ओलिज्यू कै नजिकको घरमा बाहिरबाट हेरेर फर्केकोमा बालकोट बाटोमा प्रेस युनियन भक्तपुरका पुर्व सभापति ध्रुबराज थापासँग भेट भयो,देश दुखेको कुरा गरियो । मैले बिराटनगरको हाल जेन जेडले जलाएका पिताजी कृष्णप्रसादको निवास र मनमोहन निवासमा गएर ती निवास बारे लेखेको कुरा पनि राखेँ । विश्वकै घरघरमा लर्के जोवन पुस्ता(जेन जेडका घर घर कि फेन्जि कहानी होलान् कि नहोलान तर नेपालमा यो लर्के जोवन पुस्ताबाट यो देश सुखी सम्पन्नको सट्टा पीडित हुनुपरेको भनेर इतिहासमा नलेखियोस भन्ने शुभकामना १ (२) भक्तपुर निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा बिरामी हुनुभएर बिकास लथालिङ्ग भएको कुरा सुनियो,केपी,महेश बस्नेतलाई निजहरुमा धेरै कमजोरी होलान्,सत्ता शक्तिको दुरुपयोग गरे भनेर आफुहरुलाई आरोप लागेको पनि सुन्नु भएका पनि होलान् , माहाकालिको कुरा अरुले गरेको पनि थाहा पाएका होलान् ,आशापुरिको एक गाउँलेलाई सेनाले गरेको कारबाहीमा उल्टै सेनासँग मिलेर गाउँलेको जग्गा लिएको देशको सबै ठेक्का र सार्वजनिक जग्गा हड्पेको रिसोर्ट भोजभतेर प्यालेस ढुङ्गा गिट्टी खानी सबैतिर लगानी,अहङ्कार र पुर्वाग्रहको थुप्रो मनमा थुपारेर दल भित्रका प्रतिद्वन्द्वीलाई घोक्रेठ्याक लगायत अरु कति आधारहीन,अफबाहपुर्ण,निन्दनीय,पुर्वाग्रही दोष पनि लाएर धारे हात लाउनेहरुलाई बुझेर पनि सहेर चुपचाप आफ्नो दलको अभियानमा हिडेका होलान् या कुरा अर्को होला या जे जे होला त्यो ब्यहोर्ने वा त्यसको सामना गर्ने वा अफवाह फैलाईएको हो भने फैलाउनेलाई जनता एवं देशको सामुन्ने नाङ्गै पारिदिने काम उहाँहरुको हो । उहाँहरु दोषी भए पुर्वाग्रह नराखी प्रतिसोध नसाधि छानबिन गरेर कानूनी प्रक्रियामा सजाय पनि भोग्लान तर आगो लाउने(मार्ने नै योजना गर्नुले देशमा कसले के गर्दै छन् भनेर त्रसित हुनुपर्ने अवस्था भएको जस्ता कुराहरू पनि चर्चा गर्दै हनुमन्ते कोरिडोर होस् वा अरु नै बिकासको निम्ति होस,प्रमाण सहित रामजन्मभुमि,लिपुलेक कालापानी नक्साको चुनौतीपूर्ण बहस गरेर नाकावन्दिमा दिनु भएको निडर,साहसिक नेतृत्वप्रति जनताले बालकोट,नेकपा एमाले र महेशलाई सम्झना गर्ने गर्छन् भन्ने पनि सुनियो । माओवादीका दीप शिखाको नाम सुनेपनि काम देखिएन भन्ने सुनियो । नारायणमान बिजुक्च्छे रोहितज्यूको नेमकिपाका राम्रा कामका चर्चा गर्दा रहेछन् । काङ्ग्रेस,राप्रपा,नेस्वपाको आ आफ्नो खालकोअस्तित्व छ भन्ने सुनियो । तर,महेन्द्र पछी बहुदलीय नामाकरण चाहिँ पुर्व पश्चिम् राजमार्गको सुनसरीबाट चतरा सम्मको सडक सहित चतरामा कोशी नदीको पूल बनाएपछी बिजय गच्छदारलाई,कालापानी लिपुलेक नक्साको बारेमा भारतीय सञ्चारलाई गहकिलो जवाफ दिएपछि मिनेन्द्र रिजाललाई भूमिका विहिन बनाउन कसले निर्देशन गर्‍यो ? तथा बीपी राजमार्गको लेन कायम गर्नमा हस्तक्षेप एवं नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने,मधेसआन्दोलन, नागरिगता,मधेस प्रदेशको नामाकरण र मधेस प्रदेशमा राष्ट्रियझण्डा च्यात्ने प्रदेश दलका पदाधिकारीलाई कारवाहि,जेन जेड आन्दोलनमा भएको बिबादास्पद घटनाबारे स्पष्ट नभई ढुलमुले चरीत्र देखाएकाले संविधानसभाको निर्वाचनमा पुराना काङ्ग्रेसले समेत काङ्ग्रेसलाई मत नदिएको उदाहरण फेरि दोहोरिन सक्ने लगायत पार्टीको सहयोगमा काम गर्ने गर्छौँ भन्ने डन हुन या सडक नै कव्जा गरेर सवारी चलाउने बलियाहरु तथा ब्ल्यु डाईमण्ड एवं ठमेलका बलिया पाखुरा भएका समूह र तिब्बती शरणार्थी पनि जेनजेडको नाममा घुसपैठ भएको,बिचार, सिद्धान्त,नैतिकता,मुल्य मान्यता त्यागे पछी सुबिधा दोहन चिल्लो सुकिलो हुने लतमा लठ्ठीए पछी अनि आफू बसेको समाजबाट पर सम्बन्ध राखेर नेतालाई असजिलो हुँदा समेत समाजले साथ नदिने अवस्था सृजना भएर पैसाको भरमा जम्मा गरेको भिड नै शक्ति हो भन्ने भ्रम पालेर सबै थाहा पाएपनि केहि हुन्न भन्ने हलुको ठहर नेताहरुले गरेको परिणाम हो अहिलेको अवस्था, चिनमा पार्टीले तलका उधमी किसान सबैको उत्थानमा ध्यान दिन्छ तर नेपालमा तल्लो वर्ग मात्र हैन आफ्नै पार्टीका क्याडरलाई असजिलो परेमा त्यस्तो अबस्थामा सहयोग गर्नु साटो अबशर मानेर उल्टो पीडितको शोषण गर्न खोज्छन्, आफ्ना तीन पुस्तालाई पुग्ने सम्पत्ति नेताले जोड्ने तर कर्मचारीलाई सुबिधा बढाउनु परेमा बहाना खोज्ने अझ भन्दा तराईमा जिम्दारले हली(रोपाहार(बाउसेलाई खानकीमा अड्कलेर अब तोरा बेसि न मिलै छे ,भनेर थप माग गर्दा हप्काउने सामन्तीलाई बिचारा कामदारलेूअहाँ हमरा आँत(पेट)मारू हम अहाँके खेत मार दे वे भनेर मनमनै गाली गर्दै धान रोप्दा,जोत्दा,गोड्दा सोही अनुरुप काम गरे जस्तैगरि यत्रो आन्दोलनप्रती कर्मचारीले उदाशिनता प्रकट गरेका त हैनन्, मुख्यमन्त्री हेलिकप्टरबाट ससुराली जाने,भैसेपाटिका ल सभ्रान्त महल किन ? अब जिरोबाट शुरु हुन्छ पुराना आफैले गरेका खुराफाती निर्णयका कागजात अभिलेख जलेर केहि फरक पर्दैन भनेर पुराना दलको सोचाइ नहोला भन्न सकिन्न,बालेनले केही गरेका थिएनन् तर उनले जति गरे त्यो पनि गर्न नदिने र अनावश्यक क्षेत्रधिकारप्रति चासो किन राखेका ? दलको आडमा बैङ्क सहकारीको दोहन नेता कार्यकर्ताले गर्न थालेमा अर्थतन्त्र बिरामी हुन्छ कि स्वस्थ हुन्छ? विकासका लागि बीपी,महेन्द्र,विरेन्द्र,मनमोहनका मोडल भए पुग्छ लिक्वान,महाथिर,देङ्ग,पार्क किन खोज्नु पर्यो ? कोरोना बीमाको भुक्तानी जनतालाई दिन नसक्ने तर हजारौँ दलीय कार्यकर्ता जनताको करमा कसरी भर्ना गरिए ? जेन जेड शव्द र माओवाद अमेरिकी अविस्कार हुन अमेरिकामा न्युयोर्क टायम्सले जेन जेड शव्दको बढी प्रयोग गर्ने गरेको र नेपालमा एमसीसीको सम्बन्धमा सबैभन्दा बढी समाचार छाप्ने नयाँ पत्रीका ले नै जेन जि शव्दको पहिलो प्रयोग गरेको र अहिले सबैभन्दा बढी जेन जिको चासो पनि यही पत्रीकालाई किन भएको होला ? राजा बीरेन्द्रको सोझोपन र सरलताको फाइदा उठाएर नेपालको सार्वभौमसत्ता,नेपाली सभ्यता सस्कृति औ समाजको विखण्डनको शुरूवात गर्न के नेपालीहरु पनि संलग्न थिए ? राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई विरोध गर्नेहरुले आफूलाई नेपाली भनेर नेपालमा किन बसेका होलान्,नेपाल छोडेर जान चाहेका हुन या नेपाल नै नरहोस भनेर चाहेका हुन ? युएनपिओ नामको अन्तर्राष्ट्रिय सस्थामा नेपालका कोको आवद्ध छन् ? हिजो गणतन्त्र सङ्घीयता चहियो प्रदेश जरुरी भो भन्नेहरू आज आएर भो अब पर्दैन भनेर किन भन्न थालेका होलान् ? आरक्षण अब हैसियत र बर्गिय आधारमा गरिनु पर्छ भनेर हिजो जात भूगोल आदिमा आधारित आरक्षणको माग गर्नेहरु नै किन भन्न थालेका होलान् ? भृकुटीकागज,बाँसवारि जुत्ता लगायतका सार्वजनिक निकायले किचकन्या बनेर तर्साउने गर्छन् कि गर्दैनन् होला ? कालीगण्डकी(सुनकोसी डाइभर्सन(भरत ताल चमत्कार हुन नि हगि ? सेना घटाउने कुरा सहि रहेछ त , एउटा युवाको कार्यक्रममा सन्दुक रोइतज्यूले बोल्नुहुँदा युवाहरूलाई सार्थकहीन कुराप्रति दिमाग लगाउनेगरि अनावश्यक कुरा उठाउनु भएको युट्यूबमा सुनिएको हो किन त्यसो गर्नुपरेको होला भन्ने त लागेको हो तर साथमा बसेर फोटो खिच्ने जागीर खुवाउनु पर्यो भन्ने अनुगमन गर्ने दायित्व भएकाहरुले बारबरा हुन या पानीबारा हुन अरुलाई दोषलाएर आफ्नो जिम्मेवारीबाट मुक्त कसरी हुनसक्छन् ? मतदान गर्ने बेलामा आचरण सुशासक कुसाशक नहेरी जात,पहिचान,भूगोल,दौरा सुरुवाल,धोती कुर्ता,कालो गोरो,नाक चुच्चे नाक थेप्छे,हाम्रो दल,जाड मासु पकेट खर्च आदि हेर्ने अनि पछी गएर कुसाशक गुसाशक भनेर विध्वंस मच्चाउने मतदाता हामी नै हैन र ? गृहको पुर्व कर्मचारी भएर पनि नागरिकता बिधयक र राष्ट्रिय परिचयपत्रको औचित्य अहिले नभएको भनेर लेख्ने जगदीशजी हो है,हैन जागिरे हुँदा पनि मोरङ्ग बारको चुनावमा सुशीला दिदी,चुणामणी आचार्य,भरत बहादुर थापा,रामप्रसाद दाई लगायतका नाम लिएर भोट हाल्न बिराटनगर जानु छ भन्ने यी जगदीश सर अहिले सुशीला दिदी प्रम हुँदा के हेरेर बसेका हुन एउटा मन्त्री माग्नु नि भनेर मलाई जिस्क्याएर यस्ता थरीथरीका टिप्पणी पनि बालकोटतिर सुनियो । (३) जेन जेड्को आडमा जे देखियो अब छर्लङ्ग भएको छ,असली युवा पुस्ता जेन जेड ले सार्थक जिम्मेवारी लिन सकेको देखिएन(कसैको रणनीतिक टूलकिट्मा प्रयोग भएको जस्तो महसुस गरिन थालिएको छ,नेका वरिष्ठ नेता प्रदिप गिरिले उहिले सञ्चारकर्मी टीकाराम यात्रीसँग युवाले नेतृत्व लिन्छन् भन्नुभएको त थियो तर अचेल जेन जेड स्वतन्त्रता चाहने सुम्पिएको काम सम्पन्न गरेपछि पुग्ने र मिडल वा उच्च ब्यबस्थापक हुन मन नगर्ने जस्ता अनुसन्धानबाट खुलेको भनेर भारत सहित अरु देशमा चर्चा चलेको छ रे,सभ्यता सस्कृतीको जगेर्ना गरिरहेका प्रगति उत्थानका प्रतिक पुराना पुस्ताले जुन समाजको जग बसाए त्यो पुराना वरिष्ठ पुस्तालाई लाचार विवश पाखेको रूपमा प्रस्तुत गरेर त्यसको रक्षा गर्न सक्नेछन् त अहिलेका लर्के जोवन जेनजेड पुस्ताले रु भ्रष्टाचारको प्रकृतिको सीमा कति हो ? देशको भू राजनीतिलाई अनुभवी पुराना पुस्ताले त धान्न धौधौ परेको स्थितिमा गूगल पुस्ता त के दोश्रो पुस्ताले पनि धान्न सक्दैन । महङ्गो मोटरसाइकल, मोबाइल बोकेर जेनजेड्नामको हाई फाईमा कसैको राजनीतिक कार्यक्रम भाड्ने मनसायमा अराजकताको प्रदर्शनीले सुशासन कायम हुदैन जेन जेड्को उल्टै बदनाम हुन्छ भन्ने बुझ्न र अहिले माहोल तातेको बेला के के न बितिसक्यो भनेर अधर्य भएर,जानीजानी निहुँ खोजेको जस्तो गरेर सिँगौरी नै खेलमा रमाउन् खोज्नु पुराना राजनीतिक दलको लागि सुहाउँदो हुन्छ र ? के चीनलाई अघोषित रूपमा ध्वस्त पार्न बामपंथीकै समुहलाई नै प्रयोगमा ल्याउन खोजिएको हो ? शेख हसिनाको नियति र लेखक तथा ओलिज्यूको नियति एकै हो भन्नेहरु पनि नेपालमा छन् त ? वि.सं.२०८१ चैत्र १५ र वि.सं.२०८२ भदौ २३ को गोलि काण्डमा सरकारको ठोस कुरा किन आएनन् ? पुँजिवादले सोसल मेडिया,परिवार,समाज,राष्ट्र,विश्व मै प्रहार गरेको सन्द्धर्भमा सोसल मिडियाको उचित ब्यबस्थापन गर्न आवश्यक होला कि ? लोकतन्त्र(प्रेस स्वतन्त्रता(मानव अधिकार(लागु पदार्थको तस्करीको परिभाषा एवं मान्यतालाई शक्ति राष्ट्रहरुले आफ्नो अनुकुल प्रस्तुत गर्छन् कि गर्दैनन् ? अफगानिस्तानको इतिहासमा अफिमले देशबाहिर निष्कासन हुने सबैभन्दा बढी अवसर कहिले कसको पालामा पायो होला ? पैसाको बलमा पालेका हुइहुइ सुइसुइ कार्यकर्ता ,पेड पार्टी वकर्सले आवश्यक परेको बखत रमिते हुन बाहेक के गर्दा रहेछन् र ? धोती कुर्ता लाउने डीएम(सिडिओले नागरिगता बेच्दैन बरु दौरा सुरुवाल लाउनेको भर हुन्न भनेर किन जनमनमा कुरा खेल्छन् ? के आफ्नो देश जलिरहदा तेरो देश जल्यो भन्ने अराजक समूहले अब देश सञ्चालन गर्ने हो ? (४) कुन दल फुटाउने कुनलाई जुटाउने,सरकार कुन दलको कोसँग मिलाएर कति अवधिको लागि बनाउने,कुन देशमा कुन धर्म(कस्तो आन्दोलन,आन्दोलनको टुलकिट कस्तो,कस्तो राजनीतिक व्यवस्था,देश एकात्मक कि सङ्घिय सहित, अब कशलाई प्रम,दलको नेतृत्व कसले गर्ने,पहिचानको नाममा वर्गीय बिभेदलाई वास्ता न गराई जातिय,क्षेत्रीय,भौगोलिक मुद्दामा देशभित्र गृहयुद्धको अभ्यास गराउने समेत सबै बिदेशीले तय गर्छन रे लगायत नेपालका को नेता कुन बिदेशी शक्तिको मान्छे,कुन बिदेशी शक्तिबाट परिचालित छन् ? देशभक्त राष्ट्रको पक्षमा उभिने राजा,नेता,पत्रकार,सञ्चारकर्मी,उधमी लगायतका अकालमा मृत्यु किन रहस्यमय हुन्छ,के अब सबै नेपालीले बाँच्नको लागि देशको पक्षमा बोल्न लेख्न अडान लिन नपाउने नै हुन त ? के अबको युद्धको मामिला जल( प्राकृतिक श्रोत हो त,नेपालको लर्के जोवन,जेन जेड्को आन्दोलनको पछाडी नेपालको प्राकृतिक श्रोत पनि जोडेर केही विदेशी मिडियाले किन विश्लेषण गरेका होलान् ? आफ्नो देशमा जनता भोकै सुत्ने अवस्था भए पनि अर्को देशमा सत्ता पल्टाउन पैसाको जोगार गर्न कसरी शक्तिशाली राष्ट्र सक्षम हुन्छन् ? चीन अरु देशको राजनीति तथा युद्ध नीतिमा हस्तक्षेप गर्छ गर्दैन? कुशासन भएका देशमा आर्थिक कुराको लागि मात्र चीन अल्झनुले त्यस्ता देशका कुशासकलाई मनपरि गर्न अवशर मिलेको भन्नेहरु नेपालमा छन् कि छैनन् होला ? भाजपा(आरएसएसको हिन्दुत्ववादी राष्ट्र र नेपाली जनताले चाहेको सबै धर्मलाई समेटेर लैजाने, हिन्दुराज्य नेपाल फरक कुरा हुन कि एकै हुन ? बाह्य सञ्चालक एकै वा केहीका एउटै रिमोटका गठवन्धन हुन सिर्फ नेपाली पात्र कठ्पुतलीमात्र सञ्चालकको आवश्यकता तथा अनुकुलता अनुसार फरक देखिएका हुन भनेर के आधारमा बहस चलाउने गर्छन् होला ? अरु देशको गुणस्तरीय उत्पादनलाई अनेक मापदण्डको बखेडा झिकेर भंसारमा रोक्दै निर्यातमा अव्यवस्थित,अवरुद्ध गराउने अनि नेपालले आयात गरेको सामान बन्दरगाहमा रोकेर गुणस्तरहीन आफ्ना सामान हत्तपत्त नेपाल निर्यात गरेरमात्र अरु देशको सामान बन्दरगाहबाट छुटाउन लाएर नेपालको उधमशिलतामा कसले बाधा पुर्याएको छ ? पुर्वतिर होटेल,रिसोर्टका कार्यक्रम हलमा वा गोप्य कोठामा के के को प्रशिक्षण दिन्छन्,सिक्किमबाट पनि प्रशिक्षक आउछन्र ? के नेपालको कालापानी,लिपुलेक,लिम्पियाधुरासँग भारतले अरूणाचल,लद्धाखका जमिन सट्टा पट्टा गरेको हल्ला किन चलेको ? आइजीपी(प्रधान न्यायाधीश पनि अरुले नै बनाउने जस्ता आधारहीन कुरा किन चलाउने गरिन्छ ? किन अर्थ,परराष्ट्र,रक्षा मन्त्रालय अमेरिकाको,गृह सहित अरु मन्त्रालय भारतको मातहतका नाम मात्रका नेपाली मन्त्रालय हुन भनेर अफवाह फैलाउने गरिएको हो या साँचिक्कै हो ? कोहि दलाई लामाले तिब्बतमा आफ्नो दिसा प्रसादको रूपमा बाड्थे अनि भक्तहरुलाई शोषण गरेकोले उनको तिब्बतमा बिरोध भएकोले चिनले आफ्नो प्रदेश तिब्बतको जनताको उद्धार गर्दा दलाई लामाले आफु खुशी तिब्बत छोडेर गएका भन्छन् भने अर्कोतिर कोहि दलाई लामा महान धर्मगुरु हुनु भएकोले विश्वमा उहाँको अति उच्च स्थान भएको कारण नोबेल पुरस्कार पाउनु भएको हो साथै चीनले तिब्बत कब्जा गरेको हो भारतले जुनागढ,
सिक्किम जनताको मत लिएर आफ्नो राज्य बनाएकाले तिब्बत र सिक्किम,जुनागढको स्थित एउटै नभएकोले नेपालले एक चीननीतिप्रति पुनःबिचार गर्नुपर्ने भन्नेहरु पनि भेटिन्छन्,यसरी किन तिब्बतको सम्बन्धमा थरी थरी मत होला ? नोबल पुरस्कार किन विवादमा परेकाले पाउने गर्छन् भनेर पनि विश्वमा बह हुन्छ ? जे भएपनि नेपाल पञ्चशिल, असंलग्न परराष्ट्रनीतिको तथा एक चीन नीतिप्रती आफ्नो इतिहासमा अडिग रहनुपर्छ । नेपाल जोगाउन धौधौ भएको बेला यो ग्रेटर नेपाल भन्ने रहस्यमय छ कि १ पाकिस्तान(ईन्डिया(बङ्ग्लादेशमा हालै बम बिस्फोट किन भयो ? कर्पोरेटले दल नेता पाल्दिनु पर्ने,सबै नेता कार्यकर्ता हुन खोजेपछि कर्पोरेटले नीतिगत चलखेल गर्न खोज्नु अस्वभाविक हुन्छ र ? करोडौँ खर्च गरेर उमेदवार हुने,करोडौँ खर्चँदै चुनाव जितेर अशुली धन्दा गर्ने राजनीतिमा गरिने चुनावी नौटङ्कीको के अर्थ हुन्छ र ? जब राजनीतिले राष्ट्रिय पुजीवादको सट्टामा दलाल पुजीवादतिर मन लगाउछ तब राजनीति सेवा हैन नाफा नोक्सानको हिसाब लगाउदै लाभप्रद ब्यवसायको रूपमा परिणत हुन्छ र राजनीतिज्ञ ब्यापारी हुने भएकाले देश जनता ऊनीहरुको लागि गौण हुन्छन् भन्छन् अचेल किन होला ? पहिलो र दोस्रो दल मिलेर अरु दलको हैसियतलाई मिट्टि मेँ मिलाइ दिएू गर्न खोजेर जनतन्त्रको मानमर्दन हुन्छ कि अग्रगामी सुदृढीकरण ? एनजीओकरण भएको हो भने एमालेलाई फाइदा पुगेको होला नत्र त अहिलेको सरकारले कर्मचारी देखी अरु नियुक्तिमा सबै दललाई मिलाएर लान खोजेको हो कि ? समाजको प्रगतिको लागि आएका गैससले परिवार समाज जोडे कि झनअराजक बनाए ? गगन थापा पार्टी सभापति र शेखर प्रधानमन्त्री हुने चर्चाले किन प्रश्रय पायो,पार्टीकै सहमत हो या गगनजिको माओवादी औ एमालेसँग गरिएको पहिलेको गठबन्धनप्रतिको बिचार परिवर्तन भएर हो या चीन भारत सहमत भएर हो ? भन्ने जस्ता कुरा घरघरमा(चौकचौकमा(बिहानी डुलाईमा(चिया पसलमा गरेरमात्र के होला र ?


(५) अहिलेका अन्तरिम सरकारमा राम्रा मानिस हुनुहुन्छ(राम्रो होला भन्ने आशा गरौँ(सुशासनको सस्तो नारा भन्दा भरपर्दो भाइवल एवं विश्वासिलो क्रेडिवल सरकारप्रति जनमन खुशी हुन्छन् भन्ने कुरा उहाँहरुलाई झन् बढी जानकारी छ । अरु दलका नेता दुलामा पसेका हुन कि कसो हो एक्लो केपीले बोलिदिनु भएको छ। यसको मतलब उहाँको गल्ती छैन भन्न खोजेको हैन तर राजा,पारश,रवि लामिछाने,शेखर,गगन,प्रदीप,गुरुराज घिमिरे ,प्रचण्ड,बाबुराम भट्टराई,दुर्गा प्रसाई,हर्क साङ्गपाङ्ग,बिधा पाण्डे भण्डारी,चन्द्र भण्डारी,मोहन बैध जस्तै अहिले उहाँ केपिज्यूको चर्चा ह्वात्तै बढेको छ भन्ने बहस उहाँका समर्थकले गर्न थालेका छन् भन्नेहरु पनि भेटियो,ई.स.२०१९ को निर्वाचन अभियानमा भाजपा नेता तथा तत्कालीन प्रम नरेन्द्र मोदीले मुलायम अखिलेशको समाजवादी पार्टी(स)लालु तेजस्वीको राष्ट्रिय जनता दल(रा) र मायावतिको बहुजन समाजवादी पार्टी(ब(लाई सराव नाम दिएर सराब सेहद्को लागि खराब हुन्छ भनेर ब्यङ्ग गर्नु भएको जस्तै अहिले प्रचण्ड सहितको १२ समाजवादि एकता पनि संसदीय विकृतिको दलदलमा भासिएकाहरुको एकता भएकोले कुनै परिवर्तनको लागि एकता हैन,कम्युनिस्ट भन्नेले समाजवादी भनेर किन पुच्छर जोडेका होलान् ? हिजो एमालेले पनि मार्क्स लगायतका नेताहरूको तस्बिर,माओत्सेतुङ बिचारधारा
एवं चिनको संस्कृतिक क्रान्ति हटाएसरह अहिले प्रचण्डलाई माओवाद घाँडो भएको हो ? मनपरेकाहरुको मुलद्वार पनि हरिद्वार हुने र मन नपरेकाहरुको हरिद्वार पनि मुलद्वार हुने , भनेर माओवादी नेता र पुर्व मन्त्री लोकेन्द्र विष्ट मगरले मङ्सिर ३ गते सामाजिक सञ्जालमा साझा गर्नु भएको बिचार मननयोग्य भएकोले नेपाली सामाजिक स्थितिमा माओत्से तुङ्ग बिचार बिनाको कम्युनिस्ट हुनु भनेको जनतालाई झुक्याउने आवरण मात्रै हो है भन्ने चर्चा बहस पनि चलेको छ । लौ प्रचण्ड सकारात्मक तथा स्थिर भएर सबैलाई समेटेर समाजवादी बनाउदै देश औ जनतालाई सुख दिनुु ! बिनम्र शुभकामना !। अरु देशमा विकास हुन्छ नेपालमा आन्दोलनमात्र हुन्छ(सुडानी करण,हैटी करण,बोकोहरामी करण,नेपाली जेलेन्स्की जन्माउन चुनावी युक्रेनि करण पो हुन्छ कि ? प्रत्यक्ष कार्यकारी भन्ने आकर्षक नारा त झन रहस्यमय छ भनेर किन भन्ने गरिन्छ ? आशिका तामाङ निकै धनी छिन् ? उहाँको समाज सेवाको श्रोत के हो ? आइएनजीओ,एनजीओ युएनओ सोझै आउने श्रोतका आय ब्यय योजना आयोगले अभिलेखिकरण नगर्ने ? सीके राउतजीका बिबादास्पद कुरा सहित अमेरिका २,३ पटक घुम्ने अवशर दिलाउने हो भने नेपाली बामनेता जिन्दगीभर अमेरिकाको कुरा मान्छ्न भनेर शेर बहादुर देउवा र आरजु राणाको विवाह गराउने नेपालका लागि पुर्व अमेरिकी राजदूत जुलिया चाङ्ग ब्लकले भन्नु भएको भनेर अनि कृष्णप्रसाद सिटौलाले प्रचण्डले भनेको कुरा पुर्याउछ्न भनेर भन्नू भएको थियो। केपीलाई हामीले चाहेमा अहिले हटाउन सकिन्छ भनेर प्रचण्डले भनेका थिए,आखिर हटाउने प्रपञ्च मिलाएकै रहेछ्न,सिटौलाजीले भने जस्तै गरि कुरा पुरा गरेछन् त जस्ता अनेक कुरा गरेको पनि भक्तपुरतिर सुनियो,खै कसरी यस्ता रमाइला कुरा निस्कनछ्न ? गफ त होला नि ! (६) चीन र जापान हाम्रा शुभेच्छुक देशहरू भएकाले यी दुबै देशको बीच सौहार्द सम्बन्धको कामना नेपालबाट हुनेछ । तर, यदी वि.सं.२००७ सालमा राणाहरू भागेर पश्चिम नेपालमा गएर बसेर त्यसलाई बेलायत,भारत,अमेरिका,फ्रान्स आदिले अलग्गै देश मानेर नेपालले अभिन्न अङ्ग भनेर टुलुटुलु हेर्ने मात्र गरे जस्तै हो चीन ताईवानको मामिला या फरक छ ? सिराहामा यादवहरुले नेपालका सबै यादव प्रजाती जम्मा गरेर यहुदीको इजरायल जस्तै सिराहा देश घोषणा गरे भने मान्यता दिन मिल्छ र ? मोरक्कोमा जेन(जेड्ले जनता भोकै छ्न के को खेलमैदान,खेलले सिमित खेलाडी धनी होलान्,जनताको मन कुशासनबाट अन्त मोडन सकियला,खेलाडी किनबेचमा कालो धनलाई सेतो बनाउन सकिएला(केहीका आर्थिक विकास होला तर देशको आर्थिक वृद्धिमा के योगदान पुग्छ ? देशको आफ्नो हैसियत अनुसार खेलमा बिकास गर्नु पर्छ,फेसनको रूपमा अरु देशको नक्कल गरेर किन प्रतियोगिताको तामझाम गर्नु ? पत्रकारले अरुलाईमात्र फोहोरी देख्ने गरेर खुव समाचार लेख्छन् तर हिजो लेखकले लेखको पारिश्रमिक लिन आउँदा खाजा पो ख्वाउँछन कि भनेर आशा गर्ने पत्रकारको आज सभ्रान्तस्तर कसरी भयो भन्ने जस्ता आधारहीन,अनावश्यक सामान्य कुराप्रति पनि बालकोट्मा चासो राख्दा रहेछन् किन होला ? कि यस्ता कुरा वास्तविक नै हुन ? भारतको बिहार राज्यको विधान सभा चुनावी माहोलमा युवा एवं महिलाले खेलेको सार्थक भुमिकाले परिवर्तन देखाएर राष्ट्रिय जनतान्त्रिक गठ्बन्धनले ऐतिहासिक विजय हासिल गरेकोमा एनडिएलाई बधाई औ शुभकामना ! (७)अहिलेको अवस्थामा सबैलाई समेटेर आफ्नो देशका लागि त्याग गरेर,लोल अर्थात चञ्चल,अस्थिर स्वभाव एवं अहङ्कार त्यागेर रास्ट्रमा एकता कायम गराएर चलाउन सक्ने अकाट्य ,आफैँमा सत्य नेतृत्व (अथेन्टिक लिडरशीप) र कन्ट्रोल हैन कनेक्सन कायम गर्ने ह्युमन सेन्ट्रिक लिडरसिपको आवश्यकता देशमा चाहिने छ भनेर पनि चर्चा चल्न थालेको छ । अंग्रेज़ कति थिए,मुगल कति थिए के तर पनि भारतमा मजाले उनीहरुको राज चल्यो किनकि भारतीयहरुले आत्मा बन्धक राखे । नेपालमा सत्ताको लागि आत्मा नबेच्ने(आत्माको चरीत्र (किरदार)को हत्या गरेर लम्पसार नपर्ने नेताको जरुरत छ भनेर होला शुरुका भनाई अचेल सुनिन थालिएको छ । (ख) स्व.माइली माइजू ,स्व.भानिज बिमल,स्व.दाजु लिलानाथ बराल,स्व.दिदी मिथिला घिमिरे देवकोटा,स्व.कृष्णप्रसाद पोखरेल लगायत जेन जेड सहिद सहित सम्पूर्ण स्वर्गवासीहरुप्रति विनम्र श्रद्धाञ्जली,श्रद्धासुमन ! (तस्वीर सौजन्यः लेखक स्वयंबाट) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *