नेपालमा पहिलो पटक ‘युनिरक डब्लुडि–५८१’ सार्वजनिक

काठमाडौं । नेपालमा निर्माण तथा खानी उपकरणका आधिकारिक वितरक एक्सप्लोर अर्थ मूवर्स प्रालिले अत्याधुनिक र उच्च क्षमतायुक्त युनिरक डब्लुडि–५८१ ड्रिलिङ रिग पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आधुनिक प्रविधिमा आधारित मेसिनरीमार्फत देशको पूर्वाधार विकासमा योगदान पुर्याउने उद्देश्यसहित यो उपकरण भित्र्याएको हो । कम्पनीका अनुसार युनिरक डब्लुडि–५८१ निर्माण, खानी तथा ढुंगाखानी क्षेत्रमा प्रयोगका लागि विशेष रूपमा तयार गरिएको छ । यसमा उच्च क्षमताको इन्जिन, उन्नत नियन्त्रण प्रणाली, र उत्कृष्ट इन्धन बचत क्षमता जस्ता विशेषताहरू छन्, जसले कठिन भू–भागमा पनि सक्षम रूपमा काम गर्न मद्दत गर्छ । उपकरण सार्वजनिक कार्यक्रममा कम्पनीका प्रतिनिधिले भने, हामी पहिलो पटक नेपालमा युनिरक डब्लुडि–५८१ प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छौँ ।

यो नवीनतम प्रविधियुक्त उपकरणले नेपालका निर्माण तथा खानी उपकरण क्षेत्रमा नयाँ स्तर स्थापित गर्नेछ । यसको उत्कृष्ट प्रदर्शन, इन्धन बचत क्षमता र भरपर्दोपनले देशको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ । यस ड्रिलिङ रिगमा उन्नत हाइडे्रोलिक प्रणाली, सटीक काम सुनिश्चित गर्ने आधुनिक नियन्त्रण प्यानल, तथा सुरक्षाका उच्च मानक जडान गरिएको कम्पनीले जनाएको छ। नेपालको भौगोलिक विविधता र कठिन कार्यस्थललाई ध्यानमा राखी डिजाइन गरिएको भएकाले यो उपकरण अत्यन्त उपयुक्त मानिन्छ । युनिरक डब्लुडि–५८१ सार्वजनिक गरिएसँगै एक्सप्लोर अर्थ मूवर्स प्रालिले नेपालमा दिगो, आधुनिक र प्रविधिमैत्री मेसिनरी प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ । कम्पनीका अनुसार यस्तो प्रविधिले देशको पूर्वाधार निर्माणमा गति थप्ने विश्वास लिइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *